रामेछापमा कुन स्थानीय तहमा कति पुगे मतदाता ? (सूचीसहित)

रामेछाप- सरकारले  स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली संकलनको विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरण अनुसार रामेछापमा मतदाताकाे संख्या १ लाख ७७ हजार ९ सय १६ जना पुगेको छ। जसमा महिला ८७ हजार ४ सय ५५ र पुरुष ९० हजार ४ सय ६१ जना रहेको छ।

स्थानिय तह अन्तर्गत मन्थली नगरपालिकामा ३६ हजार ९ सय ७५ जना मतदाता पुगेका छन्।  जसमा महिला १८ हजार ९६ र पुरुष १८ ८ सय ७९ जना पुगेका छन्।

त्यस्तै रामेछाप नगरपालिकामा मतदाताको संख्या २४ हजार ७ सय ४८ जना पुगेको छ।  जसमा महिलाको संख्या १२ हजार ३ सय १७ र पुरुषको संख्या १२ हजार ४ सय ३१ जना रहेको छ।

गाउँपालिका अन्तर्गत उमाकुण्ड गाउँपालिकामा १६ हजार २ सय ४ जनाको नामावली संकलन गरिएको छ।  जसमा महिला ७ हजार ८ सय ४१ जना र पुरुष ८ हजार ३ सय ६३ जना रहेको छ।

खाँडादेवी गाउँपालिकामा २२ हजार ३ सय ७५ जना मतदाता पुगेका छन्।  त्यहाँ पनि महिलाको संख्या १० हजार ७ सय ९८ र पुरुषको संख्या ११ हजार ५ सय ७७ जना पुगेको छ।

गोकुलगंगा गाउँपालिकामा १८ हजार ४ सय ६४ जना मतदाता पुगेका छन्।  जसमा महिला ९ हजार ४५ र पुरुष ९ हजार ४ सय १९ जना पुगेको छ।

दोरम्बा गाउँपालिकामा २० हजार ७ सय ५६ जनाको मतदाता नामावली संकलन गरिएको छ।  संकलित विवरणअनुसार महिला १० हजार ३ सय ८५ र पुरुष १० हजार ३ सय ७१ जना रहेका छन्।

लिखु तामाकोशी गाउँपालिकामा मतदाताको संख्या  १९ हजार ७ सय ७३ जना पुगेका छन् । जसमा महिला ९ हजार ८ सय २९ र पुरुष १० हजार १ सय ४४ जना पुगेका छन्।

सुनापति गाउँपालिकामा १८ हजार १८ सय २१ जना मतदाताको संख्या पुगेको छ। जसमा महिला ९ हजार १ सय ४४ र पुरुष ९ हजार २ सय ७७ जना पुगेका छन्। केन्द्र र अरु जिल्लाबाट गरिएको नामावली पनि आउँन बाँकी रहेकाले यो संख्या बढ्न सक्ने निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

२०७४ सालको निर्वाचनपछि रामेछापमा मतदाताको संख्या ४१ हजार ४ सय १७ ले बढेको छ। यसअघिको  निर्वाचनमा जिल्लाभरका १ लाख ३४ हजार ४ सय ९९ जना मतदाताहरुले मतदानमा भाग लिन पाउने गरि मतदाता कायम गरिएको थियो । जिल्लाको २ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानिय तहका ६४ वटै वडाहरुमा जिल्ला निर्वाचन कार्यालयले मतदाताहरुको नामावली गरेको थियो।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा कति थिए मतदाता ?

२०७८ सालमा कुन स्थानीय तहमा कति थपिए मतदाता  ?

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको