रामेछापमा कुन स्थानीय तहमा कति पुगे मतदाता ? (सूचीसहित)

रामेछाप- सरकारले  स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली संकलनको विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरण अनुसार रामेछापमा मतदाताकाे संख्या १ लाख ७७ हजार ९ सय १६ जना पुगेको छ। जसमा महिला ८७ हजार ४ सय ५५ र पुरुष ९० हजार ४ सय ६१ जना रहेको छ।

स्थानिय तह अन्तर्गत मन्थली नगरपालिकामा ३६ हजार ९ सय ७५ जना मतदाता पुगेका छन्।  जसमा महिला १८ हजार ९६ र पुरुष १८ ८ सय ७९ जना पुगेका छन्।

त्यस्तै रामेछाप नगरपालिकामा मतदाताको संख्या २४ हजार ७ सय ४८ जना पुगेको छ।  जसमा महिलाको संख्या १२ हजार ३ सय १७ र पुरुषको संख्या १२ हजार ४ सय ३१ जना रहेको छ।

गाउँपालिका अन्तर्गत उमाकुण्ड गाउँपालिकामा १६ हजार २ सय ४ जनाको नामावली संकलन गरिएको छ।  जसमा महिला ७ हजार ८ सय ४१ जना र पुरुष ८ हजार ३ सय ६३ जना रहेको छ।

खाँडादेवी गाउँपालिकामा २२ हजार ३ सय ७५ जना मतदाता पुगेका छन्।  त्यहाँ पनि महिलाको संख्या १० हजार ७ सय ९८ र पुरुषको संख्या ११ हजार ५ सय ७७ जना पुगेको छ।

गोकुलगंगा गाउँपालिकामा १८ हजार ४ सय ६४ जना मतदाता पुगेका छन्।  जसमा महिला ९ हजार ४५ र पुरुष ९ हजार ४ सय १९ जना पुगेको छ।

दोरम्बा गाउँपालिकामा २० हजार ७ सय ५६ जनाको मतदाता नामावली संकलन गरिएको छ।  संकलित विवरणअनुसार महिला १० हजार ३ सय ८५ र पुरुष १० हजार ३ सय ७१ जना रहेका छन्।

लिखु तामाकोशी गाउँपालिकामा मतदाताको संख्या  १९ हजार ७ सय ७३ जना पुगेका छन् । जसमा महिला ९ हजार ८ सय २९ र पुरुष १० हजार १ सय ४४ जना पुगेका छन्।

सुनापति गाउँपालिकामा १८ हजार १८ सय २१ जना मतदाताको संख्या पुगेको छ। जसमा महिला ९ हजार १ सय ४४ र पुरुष ९ हजार २ सय ७७ जना पुगेका छन्। केन्द्र र अरु जिल्लाबाट गरिएको नामावली पनि आउँन बाँकी रहेकाले यो संख्या बढ्न सक्ने निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

२०७४ सालको निर्वाचनपछि रामेछापमा मतदाताको संख्या ४१ हजार ४ सय १७ ले बढेको छ। यसअघिको  निर्वाचनमा जिल्लाभरका १ लाख ३४ हजार ४ सय ९९ जना मतदाताहरुले मतदानमा भाग लिन पाउने गरि मतदाता कायम गरिएको थियो । जिल्लाको २ नगरपालिका र ६ गाउँपालिका गरि ८ वटा स्थानिय तहका ६४ वटै वडाहरुमा जिल्ला निर्वाचन कार्यालयले मतदाताहरुको नामावली गरेको थियो।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा कति थिए मतदाता ?

२०७८ सालमा कुन स्थानीय तहमा कति थपिए मतदाता  ?

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको