निर्वाचनका लागि १ लाख १८ हजार म्यादी प्रहरी भर्ना, यी व्यक्तिले तालिम लिनु नपर्ने

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि १ लाख १८ हजार जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ। कार्य विभागका एआईजी सहकुलबहादुर थापाको नेतृत्वमा बनेको समितिले गृह मन्त्रालयमा प्रस्ताव पठाएको गृह स्रोतले जानकारी दिएको छ।

देशभर एकैसाथ निर्वाचन हुने भएकाले यस पटक बढि म्यादी भर्ना गर्नु पर्ने प्रस्ताव प्रहरीको छ। १० वर्ष भित्रमा अवकाश भएका प्रहरीलाई आह्वान गर्ने भनिए पनि मापदण्ड तयार नहुँदा के कति आउँछन् भन्ने निश्चित नभएको गृह श्रोत बताउँछ।

गृहमन्त्रालयले आसन्न स्थानिय निर्वाचनको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई म्यादी प्रहरीका रुपमा खटाउने निर्णय गरेको छ। इच्छुक पूर्व सुरक्षाकर्मीलाई म्यादीको रुपमा खटाउनको लागि तालिम दिइराख्नु नपर्ने भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो।

सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।

‘उनीहरुलाई खटाउँदा तालिम दिइरहनु परेन। भर्ना गरेर सिधै ड्युटीमा पठाउँदा भयो। २०७४ को चुनावका म्यादीलाई पनि बोलाउँछौँ,’ प्रवक्ता पोख्रेलले भने, ‘जतिसक्दो कम नयाँ म्यादी भर्ना गर्ने लक्ष्यअनुसार योजना बनाउन निर्देशन दिइएको छ।’

१० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेका कति जनशक्ति छन्, उनीहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। १० वर्षयता अवकाश पाएका र चुनावमा खटिन तयार रहेकाहरुकोआँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

यसअघि म्यादी प्रहरीमा भर्ना भएका जनशक्तिको सम्पर्क लगायतका विवरण जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। उनीहरुलाई सम्पर्क गर्ने र आगामी चुनावमा खट्न सक्नेनसक्नेबारे जानकारी लिने काम भइरहेको छ।

अवकाशप्राप्त र पूर्वम्यादीको विवरणपछि मात्रै नयाँ भर्ना गरिने म्यादीको संख्या टुंगो लाग्ने गृह मन्त्रालयले जनाएको छ। अब बस्ने सुरक्षा समितिको बैठकले कति म्यादी भर्ना गर्ने भन्ने टुंगो लगाउने गृह मन्त्रालयले जनाएको छ।

यस्तै, गृह मन्त्रालयको निर्देशनअनुसार १० वर्ष भित्रमा अवकाश भएका प्रहरी र २०७४ को चुनावमा भर्ना गरिएका म्यादी प्रहरीलाई पनि सम्पर्क गरेर विवरण संकलन गर्न सुरु गरिएको छ।

यस्तै प्रहरीले चुनावका लागि १३ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँ बजेट माग गरेको छ। चालु र पुँजीगततर्फ प्रहरीका लागि गृह मन्त्रालयले यति बजेट अर्थमन्त्रालयसँग माग गर्दै बिहीबार पत्र पठाएको हो।

नेपाल प्रहरीले चुनावको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्न समेत प्रस्ताव गरेको छ। निर्वाचन सामाग्री र गस्तीका लागि कम्तिमा यति गाडी आवश्यक पर्ने भन्दै प्रहरीले त्यसका लागि बजेट माग गरेको हो।

सशस्त्र प्रहरीले ३ अर्ब ५८ करोड १३ लाख ९९ हजार रुपैयाँ माग गरेको छ। सशस्त्र प्रहरीले चालूतर्फ १ अर्ब ४४ करोड ६९ लाख १८ हजार रुपैयाँ र पुँजीगततर्फ २ अर्ब १३ करोड ४४ लाख ८१ हजार रुपैयाँ माग गरेको हो।

सिफारिस

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

भर्खरै

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

धेरै पढिएको