को–को हुन पाउँछन् म्यादी प्रहरी ? कति पाउँछन् तलब ?

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख १९ हजार जना म्यादी प्रहरी भर्ना गर्ने भएको छ। भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने  कार्य विभागका एआईजी सहकुलबहादुर थापाले जानकारी दिए।

म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने उनले बताए।

गृहमन्त्रालयले आसन्न स्थानिय निर्वाचनको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई म्यादी प्रहरीका रुपमा खटाउने निर्णय गरेको छ। इच्छुक पूर्व सुरक्षाकर्मीलाई म्यादीको रुपमा खटाउनको लागि तालिम दिइराख्नु नपर्ने भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो।

सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।

त्यस्तै देशभर १९ सय नगर प्रहरी रहेको विवरण गृह मन्त्रालयमा पुगेको छ । ‘उनीहरुलाई म्यादी प्रहरीभन्दा पनि छुट्टै रुपमा परिचालन गर्न सकिन्छ कि भनेर छलफल भइरहेको छ’ मन्त्रालय स्रोत भन्छ, ‘यससम्बन्धी निर्णय पनि केही दिनमा हुन्छ ।’

विभिन्न छिमेकी मुलुकको सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका सुरक्षाकर्मीलाई पनि प्राथमिकता दिने मापदण्डमा व्यवस्था गरिएको छ । विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरिसकेका व्यक्ति पनि प्राथमिकतामा पर्ने भएका छन् ।

तलब कति पाउँछन् ?
म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । उनीहरुले ५० दिनमा ५७ हजारदेखि ९८ हजार रुपैयाँसम्म तलव पाउने छन्  ।

म्यादी प्रहरीले नियुक्ति पाएको दिनबाट ५० दिनसम्म काम गर्नेछन्, त्यसवापत उनीहरुले प्रहरी जवान सरहको सुविधा पाउनेछन् । २५ लाख रुपैयाँ बराबरको बिमा प्रस्ताव गरिएको छ ।

‘काठमाडौं जस्तो सुगम क्षेत्रमा न्यूनतम तलब स्केल ५७ हजार हुन आउँछ भने कुनै हिमाली जिल्लामा भए ९७ हजार रुपैयाँसम्म हुन्छ’ उनले भने । यसपटक म्यादी प्रहरीको पोशाकका लागि उपलब्ध गराइने रकम पनि बढाइएको छ । विगतमा तीन हजार रुपैयाँ दिने गरिएकामा अब ५ सय रुपैयाँ थप गर्न प्रस्ताव गरिएको छ ।

म्यादी प्रहरीले पाउने सुविधाको ५० प्रतिशत रकम ३० दिन काम गरेपछि र बाँकी काम सकिएपछि भुक्तानी गर्ने व्यवस्था गरिएको छ । विगतमा म्यादी प्रहरीको कर्तव्य पालनाको सिलसिलामा मृत्यु भए १५ लाख रुपैयाँ बीमा गर्ने व्यवस्था गरिएको थियो । अब त्यसलाई बढाएर २५ लाख रुपैयाँ बराबरको गर्ने प्रस्ताव गरिएको छ ।

को–को म्यादी प्रहरी हुन पाउँछन् ?
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको