म्यादी प्रहरीको भर्ना लिने तयारी, कति पाउँछन् तलब ?

काठमाडौं । वैशाखमा हुने स्थानीय चुनावको सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने सरकारले तयारी गरेको हो ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै म्यादी प्रहरी भर्ना लिने तयारी गरेको छ। विगतका चुनावमा पनि म्यादी प्रहरी राखिएका थिए। एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको एक अधिकारीले बताए ।

म्यादी प्रहरीले २४ हजार तलब पाउँछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने गृह मन्त्रालय स्रोतले जनाएको छ। यसपालि करिब एक महिनाका लागि म्यादी प्रहरी राखिनेछन्।

म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ। म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ।

स्थानीय चुनावमा भाग लिन ८० दलले दर्ता निवेदन दिइसकेका छन्। चुनावअघि सबै जनतालाई कोरोना खोप लगाइसकेको सुनिश्चितता गर्न पनि सरकारलाई आयोगले आग्रह गरिसकेको छ।

सरकारले ०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने गरी मिति तोकेको छ। निर्वाचन आयोगले चुनावका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइरहेको छ।

को–को म्यादी प्रहरी हुन पाउँछन् ?
मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको