उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै निर्वाचन आयोगले सुरु गर्यो यस्तो काम

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्‍याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए ।

आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ ।

आयोगले वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक महिनाअघि नै मतपत्र छाप्ने कार्य सुरु गर्नेछ । स्थानीय तह निर्वाचन ऐनअनुसार आयोगले निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारका लागि बढीमा १५ दिनको अवधि रहने गरी प्रकाशन गर्नुपर्छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “वैशाख १७ गतेबाट छाप्न सुरु गरेर ३० गतेभित्र मतदान स्थलमा पुग्ने सम्भावना देखिन्न, त्यसैले मतपत्र छपाइ एक महिनाअघि नै सुरु हुनेछ ।”

आयोगले कुन पालिकामा कति उम्मेदवार हुने अनुमान गरेर मतपत्र छाप्ने प्रक्रिया सुरु गर्नेछ । जिल्लामा सक्रिय राजनीतिक दलको सङ्ख्यामा केही थप गरेर चुनाव चिह्न राखेर मतपत्र छापिने प्रवक्ता पौडेलले बताए । गोरखापत्र दैनिकबाट ।

सिफारिस

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

भर्खरै

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

धेरै पढिएको