म्यादी प्रहरीको भर्ना खुलेको हो ? नेपाल प्रहरीले जारी गर्यो यस्तो सूचना

काठमाडौं । म्यादी प्रहरीको भर्ना खुलेको भनेर भ्रम छर्ने काम भएको प्रहरी प्रधान कार्यलयले जनाएको छ । म्यादी प्रहरीको भर्ना खुलिनसकेकोले खुलिनसकेकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएकोमा ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रहरी प्रधान कार्यालयबाट अहिलेसम्म त्यस्तो सूचना प्रकाशित तथा प्रशारित नगरिएको कार्यलयले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।

आवश्यक पर्ने म्यादी प्रहरी भर्नासम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यममा भविष्यमा प्रकाशित हुने विज्ञप्तिमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले एक विज्ञप्ति जारी गरेर अहिलेसम्म भर्नाका लागि कुनै सूचना प्रकाशित नभएको जानकारी गराएको हो । यसअघि सामाजिक संजालमा म्यादी प्रहरीमा भर्ना खुलेको भनेर खबरहरु प्रकाशित भएको थियो ।

म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । उनीहरुले ५० दिनमा ५७ हजारदेखि ९८ हजार रुपैयाँसम्म तलव पाउने छन्  ।

म्यादी प्रहरीले नियुक्ति पाएको दिनबाट ५० दिनसम्म काम गर्नेछन्, त्यसवापत उनीहरुले प्रहरी जवान सरहको सुविधा पाउनेछन् । २५ लाख रुपैयाँ बराबरको बिमा प्रस्ताव गरिएको छ ।

‘काठमाडौं जस्तो सुगम क्षेत्रमा न्यूनतम तलब स्केल ५७ हजार हुन आउँछ भने कुनै हिमाली जिल्लामा भए ९७ हजार रुपैयाँसम्म हुन्छ’ उनले भने । यसपटक म्यादी प्रहरीको पोशाकका लागि उपलब्ध गराइने रकम पनि बढाइएको छ । विगतमा तीन हजार रुपैयाँ दिने गरिएकामा अब ५ सय रुपैयाँ थप गर्न प्रस्ताव गरिएको छ ।

म्यादी प्रहरीले पाउने सुविधाको ५० प्रतिशत रकम ३० दिन काम गरेपछि र बाँकी काम सकिएपछि भुक्तानी गर्ने व्यवस्था गरिएको छ । विगतमा म्यादी प्रहरीको कर्तव्य पालनाको सिलसिलामा मृत्यु भए १५ लाख रुपैयाँ बीमा गर्ने व्यवस्था गरिएको थियो । अब त्यसलाई बढाएर २५ लाख रुपैयाँ बराबरको गर्ने प्रस्ताव गरिएको छ ।

को–को म्यादी प्रहरी हुन पाउँछन् ?

मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको र शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको हुनुपर्ने पनि भनिएको छ । यसरी नियुक्त भएका म्यादी प्रहरीले जनपथ प्रहरीसँग मिलेर काम गर्नुपर्ने छ ।

काम छाडेर वा अरुलाई जिम्मा लगाएर कतै जान वा भाग्न पनि रोक लगाइएको छ । बीचमा काम छाडेर हिँडे वा जिम्मेवारी पूरा नगरे सुविधा रोक्का हुने मापदण्डमा उल्लेख छ । कुनै म्यादी प्रहरीले जानाजान सरकारी सम्पत्तिको हानी नोक्सानी गरे उसैबाट असूल गरिने पनि उल्लेख गरिएको छ ।

सिफारिस

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

भर्खरै

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

धेरै पढिएको