निर्वाचन आयोगबाट केहि सूचना लिनु पर्यो ? यो नम्बरमा कल गर्नुस्

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि स्थापना गरेको ‘कल सेन्टर’ मङ्गलवारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ।

चुनावका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न यो कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

विगतमा ११ अंक नम्बर रहेको टोल फ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अंकको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनालाई खटाइएको छ । आउँदो स्थानीय तहको चुनावसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ।

निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिए। चुनावसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भनेर आयोगले विगतदेखि नै चुनावका बेला कल सेन्टर सञ्चालन गर्दैआएको छ।

‘सबै मतदाताले मतदानका विषयमा निःशुल्क र सहजै जानकारी प्राप्त गरुन् र आफूले चाहेको उम्मेदवारलाई निर्भयपूर्वक मतदान गर्न सकुन् भन्नेमा आयोगले विशेष ध्यान पुर्‍याउँदै आएको छ’, उनले भने, ‘कल सेन्टर मतदाताको आकर्षणको निम्ति हो । सेन्टरमा जवाफ दिने भूमिकामा रहनुभएकाले पनि सुझबुझका साथ विनम्र भएर जवाफ दिनु होला।’

आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाई सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरूपमा सम्बोधन गर्न सुझाव दिए। रासस

सिफारिस

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

भर्खरै

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

धेरै पढिएको