एमालेबाट काठमाडौं उपमेयरको टिकट पाएपछि सुनिता डंगोलले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं – नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उपमेयरको टिकट पाएकी सुनिता डंगोलले ‘एमालेले युवाहरूलाई उपहारको रुपमा प्रदान गरेको अवसर’का रुपमा चित्रित गरेकी छिन्। स्वतन्त्रबाट मेयर लड्ने घोषणा गरेकी उनले विज्ञताको कदर गर्ने, अनुभवीहरूलाई सम्मान गर्ने र युवाका आवाजलाई समेट्ने पार्टीका रुपमा एमाले पाएकाले उपमेयर बन्ने निधो गरेको बताएकी छिन्।

आफू बहुदलीय व्यवस्थामा विश्वास गर्ने बताउँदै सानाठूला पार्टीसँग सहकार्यका लागि पनि सुरुदेखि नै सम्पर्क गरेको बताएकी छिन्।

‘मैले पटकपटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक-सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिए,’ उनले भने, ‘यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरूलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएँ।’

सुनिताको भनाइ:

यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकालागि यस अघि नै मैले काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको विदितै छ । मेयर पदको मेरो घोषणालाई आम मतदाता र शुभेच्छुकले देखाएको अनन्त स्नेहले मलाई प्रफुल्लित मात्रै होइन म जन्मेको माटो र हर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट, हिम्मत, उत्साह र थप साहस प्राप्त भएको छ । त्यति मात्रै होइन काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरुप प्रदान गर्न युवाहरू लगायत आम काठमाडौंबासीहरूको भरपर्दो साथ, सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ ।

म प्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकका लागि मैले इमान्दारीतापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ । मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक-सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ। यो दौरानमा मैले विज्ञताको कदर गर्ने, अनुभवीहरूलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा(एमाले)लाई पाएँ ।

वास्तवमै मेरो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौं बनाउने हो। त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा(एमाले) र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स-धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा(एमाले)को तर्फबाट उप-मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी छु ।
नेकपा(एमाले) जस्तो दर्विलो संगठन भएको जनतालाई मनपर्ने सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप-मेयरको जिम्मेवारी दिनु भनेको

मलाई मात्रै होइन युवा, महिला, सामाजिक-साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौंबासीहरूको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरूलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरू, म जस्ता दक्ष महिलाहरू, सामाजिक-साँस्कृतिक अभियन्ताहरू सवैलाई गरेको सम्मान हो।

अहिले उप-मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरूकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरूले म माथि गरेको विश्वार र भरोसालाई कुठराघाट गर्ने छैन । तपाईहरू सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा(एमाले)को सबै उम्मेदवारहरूलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु । धन्यवाद ।
सुनिता डंगोल उपमेयर पदको उम्मेदवार काठमाडौँ महानगरपालिका

सिफारिस

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा खटिइसकेका शान्ति सैनिकहरूको योगदानको सम्मानस्वरूप मनाइने अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस  नेपाली सेनाले विशेष कार्यक्रमका साथ...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

भर्खरै

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

धेरै पढिएको