निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई पठायो यस्तो सूचना

 यही वैशाख ३० गते चुनावको दिन पानी पर्नेबारे निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा पानी पर्ने भएकोले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनले भने–‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले तुरुन्तै मध्यनजर गर्दै सबै मतदान अधिकृतहरूलाई सूचना पठाइसकिएको छ ।

सोही अनुसार मतदान केन्द्र निर्माणका लागि हामीले नगद रकम पनि पठाएका छौँ । त्यही रकमबाट उहाँहरुले त्रिपाल तथा पाल खरिद गर्नुहुनेछ । कतिपय विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न भनेका छौँ ।’

कम्तिमा निर्वाचन सामग्री सुरक्षित हुने र मताधिकार रक्षा हुने तरिकाले व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । यस्तै दुर्गम स्थानबाट मतपेटिका ढुवानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको अर्यालले बताए ।

अति विकट क्षेत्रको मतपेटिका हवाई माध्यमबाट र यातायात पुगेको ठाउँमा सवारी साधनामा कति सुरक्षाकर्मी चाहिन्छ सोही अनुसार व्यवस्था गरेर सुरक्षित रुपमा मतपेटिका मतगणना स्थलमा पु¥याउन स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको