वामदेव गौतमले भोट नहाल्ने

काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोलि हुने स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् । पार्टी एकता अभियानका संयोजक समेत रहेका उनी अहिले कुनै पनि पार्टीमा छैनन् ।

एमालेबाट पनि राजीनामा दिईसकेका छन् । नेकपा एकीकृत समाजवादीतिर लाग्ने चर्चा रहेपनि उनी त्यतातिर पनि लागेका छैनन् । उनले आफूले यसपटक मतदान नगर्ने जनाएका हुन् । गौतम बर्दियाको बाँसगढी नगरपालिका वडान म्बर १ को मतदाता हुन् ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका नेता गौतमले स्थानीय तहको निर्वाचनमा भने माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको लागि निर्वाचन विशेष गीत लेखेका थिए ।

यस्तै सबैभन्दा धेरै चर्चामा रहेको महानगरपालिकामध्ये काठमाडौ महानगरपालिकामा मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरपालिका १६ पक्नाजोलमा रहेको नेपाल युवक माविबाट मतदान गर्दै छिन् ।

सत्ता गठबन्धनबाट मेयर पदमा साझा उम्मेदवार सिंहसहित उनका श्रीमान एवम् नेपाली कांग्रेसभा नेता प्रकाशमान सिंहले पनि त्यहि तदान केन्द्रबाट बिहान ८ बजे मतदान गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै चर्चामा रहेको अर्को महानगरपालिका भरतपुरका मेयर उम्मेदवार रेनु दाहालले भरतपुर १४ शिवनगरमा रहेको पुलिस स्कुलबाट मतदान गर्दै छिन् । माओवादी केन्द्रका अध्य पुष्पकमल दहाहालकी छोरीसमेत रहेकी उनी र प्रचण्डले पनि पुलिस स्कुलबाट नै मतदान गर्न लागेका हुन् ।

यस्तै नेकपा एमालेका मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्ने कार्यक्रम रहेको । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशिल साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

यस्तै भोलि गाडी नचल्ने भएकाले भोट हाल्न काठमाडौंमा गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

सिफारिस

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएका छन् । आगलागी, तातो पदार्थ, विद्युत्, रसायन तथा अन्य कारणबाट हुने जलनमा...

भर्खरै

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का...

धेरै पढिएको