वामदेव गौतमले भोट नहाल्ने

काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोलि हुने स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् । पार्टी एकता अभियानका संयोजक समेत रहेका उनी अहिले कुनै पनि पार्टीमा छैनन् ।

एमालेबाट पनि राजीनामा दिईसकेका छन् । नेकपा एकीकृत समाजवादीतिर लाग्ने चर्चा रहेपनि उनी त्यतातिर पनि लागेका छैनन् । उनले आफूले यसपटक मतदान नगर्ने जनाएका हुन् । गौतम बर्दियाको बाँसगढी नगरपालिका वडान म्बर १ को मतदाता हुन् ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका नेता गौतमले स्थानीय तहको निर्वाचनमा भने माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको लागि निर्वाचन विशेष गीत लेखेका थिए ।

यस्तै सबैभन्दा धेरै चर्चामा रहेको महानगरपालिकामध्ये काठमाडौ महानगरपालिकामा मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरपालिका १६ पक्नाजोलमा रहेको नेपाल युवक माविबाट मतदान गर्दै छिन् ।

सत्ता गठबन्धनबाट मेयर पदमा साझा उम्मेदवार सिंहसहित उनका श्रीमान एवम् नेपाली कांग्रेसभा नेता प्रकाशमान सिंहले पनि त्यहि तदान केन्द्रबाट बिहान ८ बजे मतदान गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै चर्चामा रहेको अर्को महानगरपालिका भरतपुरका मेयर उम्मेदवार रेनु दाहालले भरतपुर १४ शिवनगरमा रहेको पुलिस स्कुलबाट मतदान गर्दै छिन् । माओवादी केन्द्रका अध्य पुष्पकमल दहाहालकी छोरीसमेत रहेकी उनी र प्रचण्डले पनि पुलिस स्कुलबाट नै मतदान गर्न लागेका हुन् ।

यस्तै नेकपा एमालेका मेयरका उमेदवार विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्ने कार्यक्रम रहेको । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ सात हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको छ ।

कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

विवेकशिल साझाका मेयरका उमेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभुत विद्यालयबाट मतदान गर्दै छन् । भोलि बिहान ८ बजेभित्र मतदान गरिसक्ने योजना रहेको उनले जानकारी दिए । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

यस्तै भोलि गाडी नचल्ने भएकाले भोट हाल्न काठमाडौंमा गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको