काठमाडौं उपमेयरमा सुनिता डंगोलको फराकिलो अग्रता, अरू कसले कति ल्याए ?

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राख्दा उपमेयरमा भने सुनिता डंगोलले फराकिलो अन्तरले अग्रता बनाएकी छिन् । मेयरको पेचिलो प्रतिस्पर्धा भइरहँदा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् । प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् ।

यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन । काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ बाट मत गणना चलिरहेको हो । काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ । काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजी मार्ला ? भन्ने आम चासो रहेका छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच कडा प्रतिष्पर्धा हुने देखिएको हो ।

हालसम्म बालेन्द्र शाह ४३ केशव स्थापित ३८ र सिर्जना सिंहले ३७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार बालेन शाहको ‘क्रेज’ पनि ह्वात्तै बढिरहेको छ । यो पटकको स्थानीय तहको चुनावमा एमालेका स्थापित र कांग्रेसकी सिंहलाई बालेन शाहका कारण अप्ठ्यारो अवस्था आउन सक्ने सम्भावना बढेको छ ।

पाँच वर्षअघिको चुनावमा एमाले मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीलाई झन्डै २० हजार मतले हराएका थिए। त्यतिखेर काठमाडौंका मुख्य नेवार बस्तीहरूबाट विद्यासुन्दरले आफूभन्दा १२ हजार बढी मत ल्याएको जोशी बताउँछन्।

एमाले नेता तथा सांसद रामवीर मानन्धरले पनि एमालेले त्यो बेला कोर–सिटीबाट १२ हजार बढी मत ल्याएको पुष्टि गरे। यसरी कोर–सिटीको नेवार समुदायबाट कम मत पाएकै कारण जोशीले कांग्रेसकै उपमेयर हरिप्रभा खड्गीभन्दा कम मत ल्याएका थिए।

खड्गीले ५८ हजार भोट ल्याउँदा जोशीले ४५ हजार मात्र पाएका थिए। शाक्यले मेयरमा पाएको ६५ हजार भोट उपमेयरमा खड्गीले पाएभन्दा ७ हजार जति मात्रै धेरै हो। यसपालि कांग्रेसकी सिर्जना सिंहले कोर–सिटीबाट अघिल्लोपटक जोशीले ल्याएभन्दा धैरै मत ल्याउने आंकलन गरिएको छ ।

विद्यासुन्दरलाई भोट दिएका मतदातामध्ये धेरैले यसपालि सिर्जनालाई भोट दिन्छु भनेका छन्। तर यसअघि कांग्रेसलाई दिएर यसपालि एमालेलाई दिन्छु भन्नेको संख्या थोरै रहेका छन् ।

अघिल्लोपटक एमालेलाई भोट दिएर यसपालि कांग्रेसलाई दिन्छु भन्ने सबै एमालेका परम्परागत मतदाता होइनन्। तीमध्ये कतिपयले आफू कांग्रेस भए पनि अघिल्लोपटक शाक्यलाई हेरेर मत दिएको बताए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको