आफ्नै ज्वाईँलाई हराउँदै ससुरा निर्वाचित

कपिलवस्तु – कपिलबस्तुको बिजयनगर गाउँपालिका १ मा आफ्नै ज्वाईँलाई हराउँदै ससुरा निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार बनेका ईन्नर थारु आफ्नै ज्वाइँ बुधराम थारुलाई ३७२ मतले हराउँदै वडाअध्यक्ष निर्वाचित भएका हुन् ।

ईन्नरले ८७३ मत पाउँदा बुधरामले ५०१ मत प्राप्त गरेका छन्। इन्नर निवर्तमान अध्यक्ष समेत ह्न्। निर्वाचन परिणामबारे निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ । त्यस्तै भद्रपुर नगरपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ६६३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीका मेदनीप्रसाद सिवाकोटीले ५७७ मत प्राप्त गरेका छन् । यो वडामा चार जना सदस्य नै एमालेका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन्। उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन्।

वडा नं. ९ को मतगणना सकिएसँगै अहिले वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ। त्यस्तै काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामालाई पराजित गर्दै एमालेका जय थापामगर वडाध्यक्ष विजयी भएका हुन् ।

एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।मेयरमा पनि एमालेकै अग्रता छ । कांग्रेसका मोहन बस्नेतले ९१० मत पाउँदा एमालेका श्रीराम आचार्यले ९१३ मत पाएका छन् ।

उपमेयर भने कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेदवार बसन्ती तामाङले ७७८ मत ल्याउँदा एमालेका इन्दिरा न्यौपानेले ८६४ मत ल्याएकी छन् । यसअघि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका थिए । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् । यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेर हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्‍वकर्माले उम्मेदवारी दिएका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको