काठमाडौंको यी दुई ठाउँमा माओवादी केन्द्र विजयी

काठमाडौंको शंखरापुर वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६ सय ६ मत ल्याएका छन् ।

यस्तै एमालेका प्रकाश दंगालले ५ सय ५६ मत पाएका छन्। ४ वडा सदस्यमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू विजयी भएका छन् ।

यस्तै काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं २ को अध्यक्षमा भाइकृष्ण तामाङ विजयी भएका छन् । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन बहादुर तामाङलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका भाइकृष्णले १०८४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

यस्तै दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका हुन्।

निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेका अनुसार सुवेदीले ३ हजार २ सय मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत पाएका छन्।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अमृता सिंहले २४०५ भोट पाएकी छन्। उपाध्यक्षमा एमालेकी गिता चन्दले १९१८ मत पाएकी छन्।

यस्तै दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन्। यो सँगै माओवादी केन्द्रले अहिलेसम्म २ वटा स्थानीय तह जितेको छ।

यस्तै माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकामा पनि विजयी खाता खोलेको हो। उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको निर्वाचन आयोगले जनाएको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको