मन्थली ६ भलुवाजोरको मतगणना जारी, कांग्रेसको अग्रता

मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको मतगणना जारी रहेको छ। जारी मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

अहिलेसम्म ३०० मत गणना गर्दा नेपाली कांग्रेसले १३० मत ल्याएको छ।  कांग्रेसलाई पछ्याउंदै माओवादी केन्द्रले ८० मत ल्याएको छ।  भने नेकपा एमालेले ७४ मतसहित तेस्रो स्थानमा रहेको छ।

भलुवाजोरमा नेपाली कांग्रेसबाट अशोक तामाङ्ग, माओवादी केन्द्रबाट गणेश माझी र नेकपा एमालेबाट शंकर थापा वडाध्यक्षको उम्मेदवार रहेका छन्।

त्यस्तै रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो । काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी भएका हुन ।

मन्थली नगरपालिका २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।  एमालेका वडाध्यक्ष उम्मेदवार सुरेन्द्र बहादुर कार्कीले ८७२ मत ल्याएर विजयी भएका हुन्।

त्यस्तै  मन्थली नगरपालिका ३ मा पनि नेकपा एमाले नै विजयी भएको छ।  त्यहाँ पनि एमालेका उम्मेदवार कृष्ण गोपाल थापाले ७५४ मत ल्याएर विजयी भएका हुन् भने मन्थली ४ मा कांग्रेस विजयी भएको छ।  कांग्रेसका उम्मेदवार राजन घिमिरेले ८८४ मत लयाए विजयी भएका छन्।

त्यसैगरी मन्थली ११ मा माओवादी केन्द्र विजयी भएको छ।  माओवादीका उम्मेदवार भिम बहादुर थापामगरले ११८८ मत ल्याएर विजयी भएका हुन्। उनले आफ्नो प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार भन्दा झन्डै दोब्बर मत ल्याएर विजयी भएका छन्।

मन्थली नगरपालिका १२ मा पनि नेपाली कांग्रेसकाे प्यानलै विजय भएकाे छ । कांग्रेसका उम्मेदवार खिलेन्द्र खत्रीकाे प्यानलै विजय भएकाे हाे भने मन्थली १३ मा नेकपा एमाले विजयी भएको छ।  उम्मदेवार नवराज थापामगरले ६८९ मत ल्याएर विजयी भएका हुन्।

त्यस्तै मन्थली १४ मा नेकपा एमाले नै विजयी भएको छ।  उम्मदेवार मोति लाल तमाङले ६७८ मत ल्याएर विजयी भएका हुन्।

अन्य वडाको मतगणा जारी रहेको छ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको