मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको मतगणना जारी रहेको छ। जारी मतगणना अनुसार नेपाली कांग्रेसजित नजिक पुगेको छ।
अहिलेसम्म १८ सय मत गणना गर्दा नेपाली कांग्रेस उम्मेदवारले ७७० मतसहित अग्रता कायमै गरेका छन् भने नेकपा एमाले ४८० र माओवादी केन्द्रले ४७७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी महिला सदस्यमा कांग्रेसले ७८९, एमालेले ४९१, माओवादी केन्द्रले ४१५ मत ल्याएका छन् भने दलित महिला सदस्यमा कांग्रेसले ७६७, एमालेले ४९७, माओवादी केन्द्रले ३९२ मत ल्याएका छन्।
त्यस्तै, खुल्ला सदस्य पहिलोतर्फ कांग्रेसले ७४५, एमालेले ४९४, माओवादी केन्द्रले ३९७ मत ल्याएका छन् भने खुल्ला सदस्य दोस्रोतर्फ कांग्रेसले ७५९ एमालेले ५१२, माओवादी केन्द्रले ३९१ मत ल्याएका छन्।
मन्थली नगरपालिकाको मेयरको लागि भलुवाजोरबाट कांग्रेसलाई ७३४, एमालेलाई ५५५, माओवादी केन्द्रलाई ४२३ मत दिएका छन्।
भलुवाजोरमा नेपाली कांग्रेसबाट अशोक तामाङ्ग, माओवादी केन्द्रबाट गणेश माझी र नेकपा एमालेबाट शंकर थापा वडाध्यक्षको उम्मेदवार रहेका छन्।
अब २३९ मत गन्न बाँकी रहेको छ।
