गठबन्धनलाई भारी मत अन्तरले हराउँदै उपमहानगर प्रमुख र उपप्रमुखमा एमाले विजयी

सत्ता गठबन्धनलाई भारी मत अन्तरले हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।

यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।

डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जित्दा काँग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।

यस्तै पाँच दलको गठबन्धनलाई हराउँदै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे ।

श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन् । उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले गठबन्धनको तर्फबाट माओवादीका राजेन्द्र भुसाललाई ४ सय ७८ मतान्तरले पराजित गरिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १ सय ६८ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस-माओवादीको चुनावी तालमेलमा कांग्रेसका कमलप्रसाद भुसालसँग ११ सय ३ मतान्तरले श्रेष्ठ पराजित भएका थिए । यसपालि श्रेष्ठ फराकिलो मतान्तरले विजयी भए । निर्वाचित श्रेष्ठको पार्टी एमालेले नगरको १२ वटा वडामध्ये वडा २, ६, ७ र ९ वडा अध्यक्षमा जित हासिल गरेको छ । माओवादीले वडा १० र कांग्रेसले वडा १, ३, ४, ५, ८, ११ र १२ वडा अध्यक्ष जितेको छ ।

यसअघि जिल्लाको मालारानी र पाणिनि गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष जितिसकेको छ । यसअघि १ मात्र पालिका जितेको यो जिल्लामा एमाले सचिव टोपबहादुर रायमाझीको रणनीतिक योजनाले गठबन्धनलाई हराउँदै नतिजा निकालेको हो ।

त्यस्तै, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी जाजरकोटको बारेकोट अध्यक्षमा निर्वाचित भएका छन् ।गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर शाहलाई १०९ मतको अन्तरमा पराजित गर्दै उनले विजयी हासिल गरेका हुन् ।

उनले ३९५४ मत ल्याए । शाहले ३८४५ मत पाए । उपाध्यक्षमा नेकपा माओवादीका नरबहादुर गिरी विजयी भएका छन् । उनले ३६६३ मत ल्याए । उपाध्यक्षमा एमालेकी गीता कुमारी सिंह ३४०१ मत ल्याउँदा पराजित भइन् ।

त्यसैगरी, काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी भएका छन् । उपमेयरमा सन्नानी लामा विजयी भएकी छन् ।आज सम्पन्न नतिजाअनुसार मेयरमा विजयी रिसालले एमालेका उद्धव विष्टलाई ११४८ मतले पराजित गरेका हुन् ।

नगरपालिकाका ९ वटै वडाहरूको मतगणना सम्पन्न हुँदा एमालेले उपमेयरसहित ४७ मध्ये २४ स्थानमा जित हात पारेको छ । नेपाली कांग्रेसले प्रमुख सहित २२ सदस्य जितेको छ। वडा नम्बर ४ को अध्यक्षमा भने स्वतन्त्रबाट उम्मेदवारी दिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन पाएका जयराम महत विजयी भएका छन् ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको