७ सय ३४ पालिकाको नतिजा सार्वजनिक, कसले कति सिट जिते ? (विवरणसहित)

काठमाडौं – अहिलेसम्म देशभरबाट ७ सय ३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

कांग्रेसले हालसम्म १३४ मेयर र १८८ अध्यक्षसहित ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ भने १०५ पालिकामा उपमेयर र १९० पालिका उपाध्यक्षसहित कुल २ सय ९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख, २ सय २९ वटा पालिकाको उप–प्रमुख जितेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुखमा विजयी हाँसिल गरेको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकाको प्रमुख र २३ वटा पालिकामा उपप्रमुख पद जितेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख र १२ वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ। यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।

१२ जना स्वतन्त्र उम्मेदवारले ३ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन्। त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको