गगन थापाको प्रस्ताव- देशलाई पेट्रोल-डिजेल-एलपी ग्यासमुक्त बनाऔं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउन लाग्नुपर्ने बताएका छन् । तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने बताए ।

शुक्रवार प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले यो बेलामा प्रदूषण, सडक मर्मत करमा केही न केही घटाएर राहत दिनुपर्ने बताएका हुन् ।

‘नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्त्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी,’ थापाले भने, ‘अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो ।’

महामन्त्री थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । ‘यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु,’ उनले भने ।

‘कोभिड र त्यसपश्चात् रुस र युक्रेनको युद्धको कारणले अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ,’ उनले भने, ‘यसले आउँदा दिन अझै चुनौतीपूर्ण हुने संकेत गरिरहेको छ।’

प्रतिनिधिसभा सांसद समेत रहेका थापाले भारतले गर्ने निर्णयबाट नेपालको बजार प्रभावित हुने बताए।

‘यसको आधारमा भारतले जस्तो निर्णय गर्छ त्यसले थप हाम्रो बजारमा प्रभावित गर्छ,’ उनले भने, ‘यसलाई हल्का रुपमा नलिनका लागि आग्रह गर्छु। यसले हाम्रो देश, समाज सबैलाई अस्तव्यस्त बनाउँछ। युद्धको जस्तो सोच राखेर काम गर्नपर्नेछ।’

थापाले मन्त्रालयलाई देखाएर प्रधानमन्त्री र अर्थमन्त्री पन्छिन नहुने बताए। ‘मन्त्रालयलाई देखाएर पन्छाएर हुँदैन’, थापाले भने।

सिफारिस

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

धेरै पढिएको