आज कांग्रेस शेखर पक्षको छुट्टै भेला, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं – पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने तयारी गरेका कोइरालाले आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएको उनी निकट नेता चन्द्र भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘म अहिले पोखरामा छु, दिउँसो २ बजेको बैठक छ भन्ने जानकारीमा आयो, बैठक भेट्न म पनि आउँदैछु ।’

भेलामा शेखर समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई समेत सहभागी गराइँदैछ । भेलामा पाार्टी केन्द्रीय समिति बैठक बोलाएर चुनावी समिक्षा गर्नुपर्ने विषय उठ्नेछ ।

त्यस्तै आगामी चुनावको तयारी,भातृ संस्था गठन तथा विस्तार,विधान कार्यन्वयन गराउँन दबाब दिने लगायतका विषयमा छलफल हुने बताइएको छ । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ ।

भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षलेे सभापति देउवाको आलोचना गर्दै आएको छ ।

आजको बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।

कांग्रेसको पछिल्लो १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।

सिफारिस

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसमविद्का...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

आज रामनवमी पर्व, देशैभरी सार्वजनिक बिदा

आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा...

आज यी स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव...

सुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, यस्तो देखियो पहिलो दिन (तस्वीरहरू)

काठमाडौं - जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट...

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर...

धेरै पढिएको