अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेशनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् । स्थानीय समयअनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् ।

युनिभर्सिटीको भ्रमणको क्रममा प्रधानसेनापति शर्माले नेशनल वार कलेजका कमाण्डाण्ट जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए ।

वासिङ्टनमा उनले एनडब्लुसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज् लगायतका विभिन्न निकायका पदाधिकारीहरूसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए । भ्रमणकै दौरान प्रधानसेनापति शर्माले युनाइटेड स्टेट आर्मी वार कलेज (एडब्लुसी) र युनाइटेड स्टेट आर्मी हेरिटेज एण्ड एजुकेसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली शान्ति सैनिक तैनाथ लेवनानस्थित युनाइटेड नेसन अन्तरिम फोर्स इन लेवनान मिसन र सिरियास्थि युनाइटेड नेसन डिसेनगेज्मेन्ट अब्जर भेसन फोर्स मिसनको निरीक्षण सम्पन्न गरी असार १३ गते प्रधान सेनापति शर्मा अमेरिका प्रस्थान गरेका थिए।

यसअघि उनले अमेरिकाको भर्जिनियामा रहेको नेसनल म्युजियम अफ द मेरिन क्रोप्स र मेरिन क्रोप्स बेसको अवलोकन समेत गरेका थिए ।

उक्त क्रममा प्रधान सेनापति शर्माले मेरिन क्रोप्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल, ब्रिगेडियर जनरल केली बि इलिसनसँग अन्तर्क्रिया समेत गरेका थिए।

प्रधान सेनापति शर्माले मेरिन क्रोप्स कमाण्ड एण्ड स्टाफ कजेको पनि भ्रमण गरेका छन्। उक्त कलेजमा तालिम लगायत विविध पक्षको बारेमा उनले जानकारी लिएका थिए।

शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग पनि भेटघाट गरेको सैनिक मुख्यालय जंगी खड्डाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here