मध्यरातमा मुख्यमन्त्री पाण्डे र महेश बस्नेतबीच भेटवार्ता, के- के भयो कुराकानी ?

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका नेता महेश बस्नेतबीच मध्यरातमा भेटवार्ता भएको छ । शुक्रबार राति उनीहरुबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री पाण्डेलाई हटाउने खेल भएसँगै भएको भेटवार्ताले गठबन्धनमा एउटा तरंग पैदा गरेको छ ।

गठबन्धन दलहरुको सहमति अनुसार बजेट पछि राजेन्द्र पाण्डेले मुख्यमन्त्री नछाडेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यसपछि तालिएको बागमती प्रदेशको राजनीति पाण्डे र बस्नेत बीचको भेटले झनै तरंगित बनेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका पाण्डेले एमालेको साथका लागि बस्नेतलाई भेटेका हुन् । समाजवादीलाई एमालेले मात्रै साथ दिएपनि पाण्डे सरकार बहुमतमा हुनेछ ।

नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डे माथि थियो ।

बागमती प्रदेश सरकार बन्दा पाण्डे र बानियाँ आधा आधा अवधि मुख्यमन्त्री बन्ने भद्र सहमति थियो । तर, पाण्डे अहिले आएर बदलिएका छन् । उनले एमालेको साथ लिएर भएपनि सत्ता टिकाउने रणनीति बनाएका छन् ।

एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् । वामदेव गौतमले पनि अभियान चलाएका छन् । उनीनिकटस्थहरु पनि मध्यस्थकर्ता भएर एमाले र एसका नेताबीच भेट गराइरहेका छन् ।

एससँग एकता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि लचिलो बनेको बुझिएको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डे नेतृत्वको सरकार बचाउन ओलीले निर्देशन दिइसकेको बुझिएको छ ।

महेश बस्नेत यसमा लागिसकेका छन् । यसले एमाले र एसबीच एकताको माहोल तयार भइरहेको बुझिएको छ । माधव नेपालमाथि पनि एमालेसँग एकता गर्न दबाब बढेको छ । हालै मन्त्रीबाट हटेका चारजना सांसद पनि एमालेसँग एकताका लागि सक्रियता बढाउन थालेका छन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको