मध्यरातमा मुख्यमन्त्री पाण्डे र महेश बस्नेतबीच भेटवार्ता, के- के भयो कुराकानी ?

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका नेता महेश बस्नेतबीच मध्यरातमा भेटवार्ता भएको छ । शुक्रबार राति उनीहरुबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री पाण्डेलाई हटाउने खेल भएसँगै भएको भेटवार्ताले गठबन्धनमा एउटा तरंग पैदा गरेको छ ।

गठबन्धन दलहरुको सहमति अनुसार बजेट पछि राजेन्द्र पाण्डेले मुख्यमन्त्री नछाडेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यसपछि तालिएको बागमती प्रदेशको राजनीति पाण्डे र बस्नेत बीचको भेटले झनै तरंगित बनेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका पाण्डेले एमालेको साथका लागि बस्नेतलाई भेटेका हुन् । समाजवादीलाई एमालेले मात्रै साथ दिएपनि पाण्डे सरकार बहुमतमा हुनेछ ।

नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डे माथि थियो ।

बागमती प्रदेश सरकार बन्दा पाण्डे र बानियाँ आधा आधा अवधि मुख्यमन्त्री बन्ने भद्र सहमति थियो । तर, पाण्डे अहिले आएर बदलिएका छन् । उनले एमालेको साथ लिएर भएपनि सत्ता टिकाउने रणनीति बनाएका छन् ।

एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् । वामदेव गौतमले पनि अभियान चलाएका छन् । उनीनिकटस्थहरु पनि मध्यस्थकर्ता भएर एमाले र एसका नेताबीच भेट गराइरहेका छन् ।

एससँग एकता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि लचिलो बनेको बुझिएको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डे नेतृत्वको सरकार बचाउन ओलीले निर्देशन दिइसकेको बुझिएको छ ।

महेश बस्नेत यसमा लागिसकेका छन् । यसले एमाले र एसबीच एकताको माहोल तयार भइरहेको बुझिएको छ । माधव नेपालमाथि पनि एमालेसँग एकता गर्न दबाब बढेको छ । हालै मन्त्रीबाट हटेका चारजना सांसद पनि एमालेसँग एकताका लागि सक्रियता बढाउन थालेका छन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको