आयोगले सार्वजनिक गर्यो स्थानीय निर्वाचन तथ्यांक, लोकप्रिय मतमा कांग्रेस पहिलो, कुन दल कति ल्याए ?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा पनि नेपाली कांग्रेस पहिलो भएको तथ्यांक सार्वजनिक गरेको छ ।​ आयोगले निर्वाचनका सम्बन्धमा जानकारी दिन मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।​

वडाध्यक्षतर्फ नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

यसैगरी १५ लाख ३ हजार २४७ मत पाएर माओवादी तेस्रो, ५ लाख ७७ हजार ३ सय ८० मत पाएर जनता समाजवादी पार्टी चौथो, ४ लाख २२ हजार ७ सय ३७ मत पाएर एकीकृत समाजवादी पाँचौं, ३ लाख ६४ हजार १ सय ६० मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं र २ लाख ४४ हजार ८ सय ८२ मत पाएर लोकतान्त्रिक समाजवादी पार्टी सातौं भएको आयोगले जनाएको छ ।

यसअघि एमालेले लोकप्रिय मतमा आफूहरू पहिलो भएको दाबी गर्दै आएको थियो । प्रमुख तथा अध्यक्षमा जीतका आधारमा भने कांग्रेस एमालेभन्दा निकै अगाडि छ । कांग्रेसले ३ सय २९ स्थानमा जीत हात पार्दा एमालेले २ सय ६ स्थानमा जितेको छ ।

त्यस्तै, आयोगले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पछिल्ला निर्वाचनको तुलनामा सबैभन्दा मितव्ययी भएको निष्कर्ष निकालेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिमतदाता २८४ रुपैयाँ मात्रै खर्च भएको बताए।

‘हालै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा आन्तरिक स्रोतबाट ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ खर्च भएको थियो। बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्रै लिइएको थियो। यस निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च २ लाख २९ हजार ५७८ रुपैयाँ भएको थियो। प्रतिमतदाता खर्च केवल २८४ रुपैयाँ पर्न आएको छ’, पौडेलले भने।

पछिल्लो निर्वाचनलाई मितव्ययी साबित गर्न शर्माले २०७० यताको निर्वाचन खर्चसँग तुलना गरेका थिए। उनका अनुसार, संविधान सभा निर्वाचन २०७० मा आन्तरिक र बाह्य स्रोत गरी ५ अर्ब ९८ करोड ८९ लाख ९५ हजार ८० रुपैयाँ खर्च भएकोमा प्रतिमतदान केन्द्र खर्च ३ लाख १८ हजार ९८८ भएको थियो। सो निर्वाचनमा प्रतिमतदाता खर्च ७९३ रुपैयाँ रहन गएको थियो।

त्यस्तै, स्थानीय तह निर्वाचन २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी जम्मा ७ अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च हुँदा प्रतिमतदान केन्द्र ३ लाख ८५ हजार ३८३ र प्रतिमतदाता खर्च ५०९ रुपैयाँ भएको थियो।

‘प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४ मा आन्तरिक स्रोतबाट ७ अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च भएको थियो भने बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग मात्रै लिइएको थियो। उक्त निर्वाचनमा प्रतिमतदानकेन्द्र खर्च रु ३ लाख ९३ हजार ८ सय ३४ भएकोमा प्रतिमतदाता ५०६ रहेको थियो’, शर्माले भने।

हेर्नुहोस्, मुख्य दलहरूले पाएको लोकप्रिय मत :

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको