फेरिए स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौँ — सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, र कतिपयलाई एक स्थानीय तहबाट अन्य निकायमा खटाएको छ ।

केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् । उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

काठमाडौंको नागार्जुन नपामा कार्यरत सुरेन्द्र थापामगर काभ्रेपलाञ्चोकको धुलिखेल नपामा सरुवा भएका छन् । काठमाडौंकै तारकेश्वर नपामा कार्यरत शिवप्रसाद लम्सालको काभ्रेपलाञ्चोकको नमोबुद्ध नपामा र शंखरापुर नपामा कार्यरत रमेश गौतमको कपिलवस्तुको शिवराज नपामा सरुवा भएको छ ।

यस्तै चितवनको राप्ती नपामा कार्यरत गंगाबहादुर भुजेलको बाग्लुङको गलकोट नपामा र चितवनकै भरतपुर महानगरबाट सुकदेव लम्सालको चितवनकै राप्ती नपामा सरुवा भएको छ । चितवनकै खैरहनी नपाबाट पुरुषोत्तम शर्मा स्याङजाको गल्याङ नपामा पुगेका छन् ।

कपिलवस्तुको बाणगंगा नपाबाट टेकराज पन्थी रुपन्देहीको बुटवल उपमहानगरमा सरुवा हुँदा कपिलवस्तुकै शिवराज नपाबाट गणेशप्रसाद अर्याललाई सुर्खेतको गुर्भाकोट नपामा पठाइएको छ । स्याङ्जाको गल्याङ नपाबाट लेखनाथ न्यौपानेको चितवनकै खैरहनी नपामा र स्याङ्जाकै चापाकोट नपाबाट दामोदर शर्माको बाग्लुङको जैमिनी नपामा सरुवा भएको छ ।

यस्तै नुवाकोटको बेलकोटगढी नपाबाट दीपकप्रसाद खतिवडा तनहुँको भानु नपा पुगेका छन् । मकवानपुरको थाहा नपाबाट हरिलाल पुरीको बाराको निजगढ नपामा गएका छन् । बाराको निजगढ नपाबाट सुमनकुमार कार्कीको बाराकै पचरौता नपामा, धुलिखेल नपाबाट तारानाथ लुइँटेलको ओखलढुंगाको सिद्धिचरण नपामा सरुवा भएको छ ।

यस्तो छ सूची

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको