अमेरिकालाई चीनले दियो कडा चेतावनी

यस क्रममा ताइवानमा गतिविधि नबढाउन भन्दै सीले बाइडेनलाई चेतावनी दिएको पनि अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । रोयटर्सका अनुसार सीले बाइडेनलाई ताइवानको विषयमा ‘आगोसँग नखेल्न’ चेतावनी दिएका थिए ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने तयारी भइरहेको समाचार आइरहँदा दुई देशका राष्ट्रपतिबीच वार्ता भएको हो ।

सीले पेलोसीको सम्भावित भ्रमणलाई लिएर आपत्ति जनाएका थिए । यदि पेलोसीले ताइवान भ्रमण गरेमा २५ वर्षपछि अमेरिकी उच्च अधिकारीको सबैभन्दा महत्त्वपूर्ण भ्रमण हुनेछ । यद्यपि पेलोसीको भ्रमण कहिले हुने वा नहुने भन्नेबारे बाइडेन प्रशासनबाट आधिकारिकरुपमा घोषणा भएको छैन ।

बिहीबार साँझ अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ नेता सीलाई भिडियो कल गरेका हुन् । बाइडेन राष्ट्रपति बनेपछि चिनियाँ राष्ट्रपति सीसँगको यो उनको पहिलो वार्ता पनि हो । उनीहरूबीच दुई घण्टा लामो फोनवार्ता भएको थियो ।

वार्ताको क्रममा सीले बाइडेनसमक्ष अमेरिकाले ‘एक चीन नीति’ पालना गर्नुपर्ने भन्दै आग्रहसमेत गरेका थिए । साथै ताइवानको विषयमा उनले कडारुपमा चिनियाँ धारणा राखेको चिनियाँ सरकारी समाचारमाध्यमले जनाएका छन् ।

ताइवानलाई लिएर चीन र अमेरिकाबीच लामो समयदेखि विवाद छ । ताइवानमा अमेरिकी गतिविधिलाई लिएर चीनले आपत्ति जनाउँदै आएको छ ।

चीनले ताइवानलाई आफ्नो सुरक्षा क्षेत्रको रुपमा चिनाइरहँदा ताइवानले भने आफूलाई स्वतन्त्र देशको रुपमा चिनाउँदै आएको छ ।यसबीचमा चीनले पटक-पटक ताइवानको आकाशमा लडाकु विमान उडाउने गरेको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको