मन्त्रीबाट बाहिरिएपछि रामकुमारी झाँक्रीको सम्बोधन, के- के भनिन् ?

गुल्मी – पूर्वमन्त्री रामकुमारी झाँक्रीले अहिलेको सत्ता गठवन्धन सघं र प्रदेशको निर्वाचनसम्म कायम रहने बताएकी छन । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री झाँक्रीले यस्तो बताएकी हुन ।

पार्टी केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले हिजो स्थानीय तहको निर्वाचन कतिपय स्थानमा गठवन्धन राम्रोसँग हुन नसक्दा पराजित भएको स्मरण गर्दै उनले हिजोका कमि कमजोरीलाई सुधारेर गठवन्धनलाई थप बलियो बनाएर जाने गरि गृहकार्य भैरहेको बताईन् ।

अहिले केन्द्रमा ७७ जिल्लावाट प्रतिनिधि सभा निर्वाचनमा कुन पार्टीको को उम्मेदवार, प्रदेश सभामा कुन पार्टीको कुन उम्मेदवार बनाएर जादाँ गठवन्धनले विजयी हाशिल गर्छ भन्ने छलफल भैरहेकाले पनि निर्वाचनसम्म यो गठवन्धन थप बलियो भएर जाने कुरामा कुनै शंका नगर्न झाँक्रीले कार्यकर्तालाई निर्देशन समेत दिईन् ।

म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु उनले भनिन् “सघं प्रदेशको निर्वाचनमा गठवन्धनवाट गुल्मीमा समाजवादी पार्टीको सदस्यता लिएको व्यक्ति कुनै निर्वाचन क्षेत्रमा उम्मेदवार वन्छ,गठवन्धनका उम्मेदवारलाई विजयी वनाउने अभियान शुरु गर्नुस “।

बैठकमा गुल्मी जिल्लाका १२ स्थानीय तहका नेताहरुले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनदेखि अहिले पार्टी सगंठन निर्माण ,परिचालन र भावि रणनीति समेतका वारेमा समेत रिपोर्टिङ गरेका थिए ।

जिल्ला अध्यक्ष नरेशकुमार भण्डारीको अध्यक्षता रहेको वैठकमा पार्टी जिल्ला गणेश खनाल,सह ईन्चार्ज गणेश विश्वकर्मा,अनेमसघं केन्द्रीय सदस्य निर्मला राउत पोखरेल,केन्द्रीय परिषद सदस्य नरेन्द्र किरण ठकुरि,श्रीराम महत,कमला वराल, समाजवादी प्रेस सगंठन लुम्बिनी प्रदेश अध्यक्ष शिव सुवेदी लगायतका नेताहरुले वैठकलाई सम्बोधन गरेका थिए । बैठकको सञ्चालन जिल्ला उपाध्यक्ष राममल्ल ठकुरीको रहेको थियोे ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको