भूकम्प अपडेट : कहाँ-कहाँ कति भयो क्षति ?

आइतबार बिहान खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ।

भोजपुर नगरपालिका–१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो।

त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ। खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।

भूकम्प गएको खोटाङसहित पूर्वी पहाडी जिल्लाका नागरिक घरभित्र जान डराएका छन् । पटक–पटक परकम्पसमेत गइरहेकाले नागरिक घरभित्र जान डराएका हुन्।

ठूलो पानी परिरहेकाले घर बाहिर बस्न पनि समस्या भएको छ । भूकम्पको केन्द्रविन्दु साकेला गाउँपालिका वडा नम्बर ४ मा २० वटाभन्दा धेरै घर चर्किएको र निरन्तर परकम्प गइरहेकाले त्यहाँका स्थानीय त्रास र जोखिममा छन् ।

 जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, पालिका र वडाको समन्वयमा अहिले सुरक्षाकर्मी पनि प्रभावित ठाउँमा पुगेको छ ।  भूकम्पका कारण यातायात, सञ्चार, विद्युत् आपूर्तिमा कुनै समस्या भएको छैन ।

भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ । भूकम्पको केन्द्रविन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरू रहेकाले र लगातार परकम्प गइरहेकाले थप जोखिम भने बढाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको