मन्त्रिपरिषद्को बैठक : निर्वाचनको मिति घोषणा होला ?

काठमाडौं – आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले आमागी निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

आगामी मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरिरहेको छ । असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कारण कार्तिकको अन्तिम सातादेखि मङ्सिर पहिलो साताभित्र चुनाव गर्न आयोगले सुझाव दिँदै आएको छ ।

निर्वाचनको तयारी गर्न १ सय २० दिन समय चाहिने भएकोले असारको अन्तिम सातादेखि साउनको पहिलो साताभित्र चुनावको मिति घोषणा गर्न आयोगले आग्रह गरे पनि सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । सरकारले मङ्सिरमा निर्वाचन गर्ने वा पछि सार्ने यसबारे ठोस रूपमा स्पष्ट पारेको पनि छैन ।

केही दिन अघि पत्रकार सम्मेलनमा सरकारले आगामी मङ्सिरका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके आश्चर्य नमाने हुन्छ भनेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने पनि सरकारले त्यस्तो आश्चर्य पार्ने ढङ्गबाट निर्वाचनको मिति तोक्ने सुरसार गरेको छैन ।

आगामी मङ्सिरको पहिलो साता चुनाव गर्ने हो भने अब झन्डै १ सय ५ दिन समय बाँकी देखिन्छ । तर आयोगले चुनाव गराउनका लागि १ सय २० दिन अर्थात् ४ महिनाको समय माग्ने गरेको छ । त्यो भन्दा केही कम समयमा पनि तयारी गर्न सकिने तर त्यसका लागि कठिन हुने आयोगको भनाई छ ।

निर्वाचनको व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामग्री जम्मा देखि कर्मचारी, सुरक्षा व्यवस्थाको तयारी गर्न आयोगलाई न्यूनतम ४ महिना समय लाग्ने आयोगका अधिकारीको भनाई छ ।

आयोगले मात्र नभई प्रमुख प्रतिपक्ष दल एमालेले पनि आगामी मङ्सिरमा चुनाव गर्न सरकारलाई दबाब दिइरहेको छ । तर सरकारले चुनावको मिति घोषणा गर्ने सुरसार भने गरेको छैन ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको