आज विश्व अकुपञ्चर दिवस: नेपालकै पहिलो अकुपञ्चर चिकित्सक डा. सुरज कर्मचार्य के भन्छन् ?

काठमाडौँ – आज नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदैछ । ब्राजिलमा सन २०११ मा भएको फ्रेन्च कमिसन अफ वल्र्ड फेडेरेसन अफ अकुपञ्चर मोक्सिबुसन सम्बन्धी वैज्ञानिकको सम्मेलनले नोभेम्बर २२ लाई विश्व अकुपञ्चर दिवस मनाउने निर्णय गरेको थियो । त्यस यता अन्य देशहरुमा यो दिवस मनाउन थालिएको भए पनि नेपालमा भने यो दिवस मनाउने गरिएको थिएन ।

बि. सं. २०७९ मंसीर ६ गते अर्थात् सन् २०२२ नोभेम्बर २२ को दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा विश्व अकुपञ्चर दिवस मनाएपछि यसले नेपालमा विश्व अकुपञ्चर दिवस मनाउन सुरुवात भएको थियो । यस वर्ष पनि बिभागले “विश्व अकुपञ्चर दिवस २०८०” मनाउन लागेको जनाएको छ ।

अकुपञ्चर चिकित्सा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त चिकित्सा बिधी हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै ४० लाख देखि ५० लाख अकुपञ्चरका दक्ष जनशक्ति रहेको, अहिले विश्वका १९० भन्दा बढी राष्ट्रहरुमा अकुपञ्चर सेवा विस्तार भएको तथा अकुपञ्चरबाट उपचार गरिने रोग तथा स्वास्थ्य समस्याहरु झण्डै ३०० भन्दा बढी पुगिसकेको छ ।

अकुपञ्चरमा विशेषज्ञता (एमडी) हासिल गर्ने नेपालको पहिलो चिकित्सक तथा ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर डा. सुरज कर्मचार्यले विश्व अकुपञ्चर दिवसको शुभकामना दिंदै “नेपालमा जसरी सरकारी तहबाट अकुपञ्चरको प्रबर्द्दन हुनु पर्ने थियो त्यो स्तरमा हुन सकेको बताएका छन्।

”जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपञ्चर सहायकस्तरका जनशक्तिबाट अकुपञ्चरको सेवा दिन सुरु गरि पनि त्यो प्रभावकारी रुपमा काम हुन् सकेको छैन। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखा स्थापना गरेर केही कामको सुरुवात गरेको छ ।” कर्मचार्यले भने।

सरकारीस्तरबाट अपेक्षित प्रवर्धन हुन नसके पनि निजी सतरबाट ब्लु लोटस हस्पिटलले अकुपञ्चरको गुणस्तरीय र विशेषज्ञ सेवा त्रिपुरेश्वर, सातदोबाटो, चुच्चेपाटी र भक्तपुरबाट दिइ राखेको उनले बताए । नेपालमा केही हस्पिटल र नीजिस्तरमा पनि थुप्रै अकुपञ्चर क्लिनिकहरु सञ्चालनमा रहे पनि सबै तिर अकुपञ्चरको विशेषज्ञ सेवा पाउन नसक्नु बिडम्बना हो”– उनले भने।

नेपालका सबै जिल्ला र विदेशबाट समेत अकुपञ्चरको लागि आफ्नो हस्पिटलमा आएको बताउँदै उनले भने, ब्लु लोटसमा अकुपञ्चरको सवै सेवा विशेषज्ञबाट पाईन्छ भनेर पनि हुन सक्छ अकुपञ्चर लिन आउने बिरामीको संख्या हरेक वर्ष दोब्बर हुँदै गएको पाएको छु । हामीले निजी क्षेत्रबाट झन्डै १५ वर्षदेखि अकुपञ्चरको विशेषज्ञ सेवा दिईराखेका छौँ भने सरकारले नसक्ने भन्ने हुँदैन ।

विशेषः गरेर नसा सँग सम्बन्धित समस्या, दुखाई सम्बन्धि समस्या, वाथ रोग, महिनावारीको दुखाई, अनिद्रा, माइग्रेन, नसाको कारण हुने पिसाबको समस्या, प्यारालाइसिस जस्ता स्वास्थ्य समस्या तथा शरीरमा रोपप्रतिरोधी क्षमता बृद्धि गर्न समेत अकुपञ्चर प्रभावकारी हुने उनले बताए ।

त्यस्तै नेपालमा अकुपञ्चरको क्षेत्रमा सक्षम र दक्ष जनशक्तिको अभाव रहे पनि अझै अकुपञ्चरको क्षेत्रमा दक्ष विदेशी चिकित्सकलाई आकर्षित गर्न नसकिएको, सरकारी र निजी क्षेत्र बीच समन्वयको हुन नसकेको, अनुगमन, मुल्याङ्कन र नियमनको अभाव रहेको, अकुपञ्चर सम्बन्धी प्रचारप्रसार र जनचेतनाको अभाव रहेको, एलोप्याथी र अकुपञ्चर बीच सहकार्य हुन नसकेको, अकुपञ्चर सबन्धी मालप्राक्टिस नियन्त्रण हुन नसकेको जस्ता समस्या रहेको ब्लु लोटस हेल्थ होमका प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले बताए ।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको