काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।

एकै परिवारका चार जना ज्यान गएको अवस्थामा फेला परेको तारकेश्वरीको काभ्रेस्थली घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले उनीहरुको ज्यान लिएको हुन सक्ने आशंका गरेका छन् । दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आफूले पनि ज्यान फालेको हुन सक्ने प्रहरीले आशंका गरेको हो ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जना ज्यान गएको अवस्थामा फेला परेको हो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका एउटा कोठामा ज्यान गएको अवस्थामा भेटिएको छ । दिनेशको भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।

उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।

पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको