तारकेश्वर घटना : दिनेशले लेखेको १० पेज लामो सुसाइड नोटमा के छ ?

तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको ज्यान लिनुअघि लेखेको १० पेज लामो सुसाइड नोट भेटिएको छ।

नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतका अनुसार उक्त सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई मानेका छन्।

आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन्।

लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए।

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानका क्रममा दिनेशको घरबाटै १० पेज लामो सुसाइड नोट भेटेको हो।

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दु:ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’, उनले सुसाइड नोटमा भनेका छन्, ‘मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।’

दिनेशले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन्। उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको बताएका छन्।

‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ’, उनले नोटमा भनेका छन्, ‘मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लैजान कठोर कदम चाल्न बाध्य भएँ।’

उनले यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाएका छन्। सुसाइड नोटमा दिनेशले श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन्।

पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन्।

‘मलाई श्रीमतीले मोबाइल पनि छुन र हेर्न दिन्नथी। जति बेला पनि आफैं राख्ने गर्थी। हेर्नै नदिने गरेकाले मलाई शंका लागेको थियो’, उनले भनेका छन्, ‘श्रीमान् भए पनि उसले मेरो केयर गर्दैनथी। छि छि र दुरदुर गर्ने अनि हेप्ने गरेकाले मलाई पीडा भएर यो कदम उठाउन बाध्य भएँ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको