सडक नै नभएको ठाउँमा गाडी गुड्ने पक्की पुल

गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाइएको छ। गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर र छिमेकी गाउँ, सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर जोड्न गाडी गुड्ने पुल बनाइएको हो।

सडकको ट्याक नै नखनिएको ठाउँमा पुल निर्माण कार्य करिब सकिएको छ। नारेश्वर हुँदै घलाङबाट सडक ट्याक खन्न सुरू गरे पनि पुल निर्माणस्थलसम्म पुगेको छैन।

सडक बन्नुअघि नै पुल बनाइएको हो। पुल निर्माणमा सिरानचोक ५ छोप्राकका स्थानीय किसानसँग कुराकानी नगरिएको पाइएको छ। यो पुल जोड्ने सडक बनाउँदा ती स्थानीयका खेत पर्छन्।

छेवैमा रहेको मध्यपहाडी लोकमार्गसँग नारेश्वरलाई जोड्न यो पुल बनाइएको थियो। तर सडकको ट्याक खन्ने कामलाई तीव्रता दिइएको छैन।

गोरखा बजारबाट सिरानचोकतर्फ जान पनि यो बाटो छोटो पर्ने थियो तर पुल बनिसक्दा पनि सडक ट्याक खोल्ने काम करिब एक किलोमिटरभन्दा धेरै नै बाँकी छ।

दरौंदीमा निर्माण गरिएको पुलको नारेश्वरतर्फ भागमा जंगल र पहरा छन् भने सिरानचोकतर्फ भने खेत छ। गण्डकी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले यो पुल बनाएको हो।

नारेश्वर घर भएका नेकपा एमालेका प्रदेश सांसद तथा यसअघिका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले यो पुलको योजना पारेर काम अघि बढाएका थिए।

दरौंदी नदीमाथि ५० मिटर लामो पुल बनाइएको छ। पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ। यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ। एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो।

यो पुल निर्माण गर्न २०७७ जेठमै सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ जेठमा पुल निर्माण सक्नुपर्ने भए पनि अझै सात प्रतिशत काम बाँकी छ।

दुई वर्षअघि देखि यस ठाउँमा उक्त पुल बनिरहे पनि स्थानीयले खासै विरोध गरेका थिएनन्। पुल बनेपछि अब सडक ट्याक निर्माण अघि बढ्ने भएपछि खेत पर्ने भन्दै स्थानीयले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्।

‘पुल बनाउनुअघि हामीसँग छलफल गरिएन। २०/३० मुरी धान फल्ने खेत मासेर हामी कहाँ सडक बनाउन दिन्छौं र? सडक बनाउने भए खेतको क्षतिपूर्ति सरकारबाट दिलाउनुपर्छ,’ एक किसानले भने।

गोरखास्थित पूर्वाधार कार्यालयले पनि पुल निर्माण कार्य सम्पन्न हुन लागेको जनाएको छ। यो पुल नजिकै झोलुंगे पुल पनि छ।

गोरखाको बाह्रकिलो-छेपेटार-चोरकाटे सडक कालोपत्र भएपछि यो झोलुंगे पुल भएर गोरखा सदरमुकाम आउजाउ गर्ने बटुवा पनि कम भएका छन्। जरेबरमा मोटरेबल पुल बनाइएको ठाउँभन्दा करिब सात किलोमिटर टाढा छेपेटारमा मात्रै पक्की पुल छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको