कहिले ब्युँतिन्छ नेकपा ? वामदेवले गरे यस्तो ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संघ र प्रदेशको आगामी निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँतिने ठोकुवा गरेका छन्।

नेकपा विभाजन नहुँदै र विभाजनपछि पनि आफू कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको भन्दै गौतमले वाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरिएको बताए।

मंगलबार भैरहवामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गौतमले वाम एकताका लागि एकीकृत समाजवादी र माओवादीसँग वार्ता गरिरहेको र सके निर्वाचन अघि नै र त्यसो हुन नसके निर्वाचनपछि भए पनि पार्टी एकता हुनुपर्ने गरी आफूहरू लागेको बताए।

पूर्वगृहमन्त्री समेत रहेका गौतमले एमालेसँग आफूहरूको तत्काल एकता भइहाल्ने स्थिति नरहेको स्पष्ट पारे। एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने र माओवादीसँग कार्यगत एकता हुन सक्ने गरी छलफल भएको आफूलाई बताएको उनले दाबी गरे।

‘नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी निर्वाचन अघि नै एकता गराउने हाम्रो उद्देश्य हो, अन्यथा एउटै पार्टीमा बस्न नसके कार्यगत एकता गर्ने गरी पनि हामी लागेका छौं,’ गौतमले अगाडि भने, ‘त्यसो भएन भने पनि एकता राष्ट्रिय अभियान, एकीकृत समाजवादी र माओवादीसम्म सहकार्य गर्दै नेपाली कांग्रेस सहितको गठबन्धनमा सहभागी हुन सकिन्छ।’

तर, सधैंभरि कांग्रेस पार्टीसँग मिलेर जाने, गठबन्धन गर्ने हो भने कांग्रेस र कम्युनिष्टका बीचमा कुनै फरक नरहने गौतमको भनाइ छ। नेकपा पार्टीलाई पुनर्स्थापना गर्ने गरी आफूले निरन्तर अभियान सुरू गरेको र यसबाट सकारात्मक सन्देश पाएको भन्दै गौतमले भने, ‘यदि कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रूपमा स्वतन्त्र ढंगले अघि बढ्छ।’

उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै भए पनि सहभागी हुने पनि बताए।कुनै पनि ठाउँमा आफ्नो पार्टीले विजयी हासिल नगरे पनि चुनावमा भाग लिने उनले बताए।

नेता गौतमले एमालेले अर्थ विभागमा नाम राखेका एम अधिकारीका विषयलाई जबरजस्ती तन्काउनुपर्ने कुनै कारण नरहेको बताए।

‘व्यक्ति आफैंले होइन भनेपछि यसलाई जबरजस्ती तन्काउनुपर्ने कुनै कारण छैन, व्यक्ति स्वयंले म हैन भनेको अवस्थामा राजनीतिक रूपमा उनलाई मुछ्न हुँदैन,’ गौतमको तर्क छ।

बजेट निर्माण गर्दा करको दर हेरफेर गर्न अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपबारे आफू यसै भएको होला भन्न सक्ने अवस्थामा नरहेको बताए।

‘आरोप सही भएको भए छानबिन समितिले केही तथ्य प्रमाण भेट्नुपर्ने, होइन भने केही तथ्य प्रमाण नभई आरोप नलाग्नुपर्ने, त्यसैले यस बारेमा यसै भएको होला भनेर नबोलौं,’ उनले भने।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको