सप्तकोसीको बाँध फुटेपछि ५ सय परिवार श्रीलङ्का टापुमा फसे

उदयपुरको बेलका नगरपालिका ८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराह क्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराह क्षेत्र ६ र ९ का पाँच सय घरपरिवारका झन्डै दुई हजार पाँच सय जना फसेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनीहरू श्रीलङ्का टापुमा फसेको उहाँले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरू आउन नमानेकाे र फसेकाहरू सुरक्षित रहेकाे बताएको सुनसरीका प्रजिअ यादवले बताए ।

यसैबीच कटान गरिएको क्षेत्रमा १ नम्बर प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्कीसहितले निरीक्षण गरेका छन् । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारीलगायतको विषयमा निरीक्षण तथा अनुगमन गरेको प्रजिअ यादवले बताउनुभयो । अहिले केहीबेरमा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको उनले बताए ।

बैठक पीडितलाई तत्काल उद्धार, आवश्यक राहतको प्याकेज, स्थानान्तरणलगायतका विषयमा केन्द्रित हुने उनले बताए । सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंचमा मानिसलाई प्रवेश गर्न रोकिएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले मानवीय क्षति रोक्न र उद्धारको काम प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरेको बताए ।

नदी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार भन्दा धेरै घरपरिवार प्रभावित बनेका छन् । बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो ।

अहिले पनि प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । सप्तरी र सुनसरीमा समेत जोखिम पूर्वानुमान गरेर थप सतर्कता अपनाइएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको