आन्तरिक राजस्व कार्यालय महाराजगंजका अधिकृत घूस रकमसहित ‘रंगेहात’ समातिए

काठमाडौं आन्तरिक राजस्व कार्यालय, महाराजगंजका एक अधिकृत ३० हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘रंगेहात’ पक्राऊ गरेको हो ।

आयोगको दाबी अनुसार, कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएका हुन् ।

घूस मागेको सूचना आएपछि आयोगको टोलीले विन्दु श्रेष्ठ प्रधान पक्राउ गरेको हो । प्रधानलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा आयोगको टोलीेले पक्राउ गरेको हो ।

मंगलबार मात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ गरेको थियो । उनीसँग ६ लाख घुस र बाँकी १६ लाख ५० हजार स्रोत नखुलेको पैसा बरामद भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।

उक्त रकम पनि उपसचिव नेपालले घूसबापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए । एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए ।

तर निवेदनलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका गरेका थिए । त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो ।

त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा पक्राउ परेका हुन् । त्यसकै छानबिन गर्ने क्रममा गाडी खानतलासी गर्दा थप रकम बरामद भएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको