ताइवानका वरिष्ठ मिसाइल अधिकारी नि’धन भएको अवस्थामा भेटिए

ताइवानका मिसाइल विकास कार्यक्रमका एक वरिष्ठ अधिकारी होटलमा नि’धन भएको अवस्थामा भेटिएका छन्।

ताइवानको रक्षा मन्त्रालयअन्तर्गतको अनुसन्धान तथा विकास एकाइका डेपुटी प्रमुख औ याङ लि–एचसिङ मृ’त फेला परेका हुन्। सेन्ट्रल न्युज एजेन्सीका अनुसार दक्षिणी ताइवानको पिङटुङमा उनी मृ’त फेला परेका हुन्।

उनी ताइवानको विभिन्न किसिमको मिसाइल उत्पादन कार्यक्रममा सामेल भएका छन्। व्यावसायिक भ्रमणको क्रममा पिङटुङ पुगेका थिए।

उनी सेनाको स्वामित्वमा रहेको नेशनल चुङ–शान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका डेपुटी प्रमुख थिए। ५७ वर्षीय औ याङको मृ’त्युको कारण भने खुलेको छैन।

पछिल्लो समय ताइवानले आफ्नो सैन्य क्षमता बढाउने उद्देश्यका साथ मिसाइल उत्पादन क्षमता दोब्बरभन्दा धेरैले बढाउनको लागि काम गरिरहेको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र ताइवानबीच तनाव बढिरहेको अवस्थामा यस्तो समाचार आएको हो।

चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् ।

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ती चिनियाँ लडाकु विमानलाई चेतावनी दिनका लागि आफूले पनि लडाकु विमान उडाउनु परेको ताइवानले जनाएको छ ।

जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ । अमेरिकी सभामुख पेलोसीले गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । उनी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । चीनले पेलोसीको भ्रमणको आलोचना गर्दै आएको छ ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेपछि ताइवान र चीन छुट्टिएका थिए । ताइवानमा स्वायत्त शासन रहे पनि चीनले आफ्नो देशबाट चोइटिएर गएको आफ्नो प्रान्तको रूपमा व्यवहार गर्छ । ताइवान पुन: चीनकै भूभाग हुनुपर्नेमा चीनको जोड रहँदै आएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको