कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा कहाँबाट लड्दै छन् चुनाव ?

काठमाडौं – मंसिर ४ गतेका लागि तय भएको संसदीय चुनावमा को कहाँबाट उम्मेदवारी देलान् ? भन्ने चौतर्फी चासो रहेको छ ।

विशेषतः हेवी वेटका नेताहरु कुन निर्वाचन क्षेत्रमा जालान् ? भन्ने चासो रहँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा काठमाडौंबाट चुनावलड्ने तयारी गरिरहेका छन्।

शर्मा काठमाडौं क्षेत्र नम्बर ५ मा लड्ने तयारीसहित छलफल गरिरहेका उनी निकट स्रोतले जनाएको छ । काठमाडौं ५ बाट २०७४ मा कांग्रेसका प्रकाशशरण महत उम्मेदवार बनेका थिए। महतलाई हराएर नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जिते।

यही क्षेत्रमा शर्मा उठ्ने तयारीमा छन्। महामन्त्री शर्मा २०७४ मा झापा क्षेत्र नम्बर १ बाट उठेका थिए। उनी नेकपा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए।

कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाएका थिए। त्यसबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वाम गठबन्धन गरेर चुनाव लडेका थिए।

शर्मा मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावमा झापा १ मै लड्न चाहेको भएपनि त्यहाँ उनलाई सजिलो अवस्था नरहेकोले काठमाडौंबाट चुनाव लड्नेबारे छलफल अघि बढाइएको उनी निकट ती नेताले बताए ।

शर्माको पहिलो प्राथमिकता झापा १ बाटै चुनाव लडेर जितेर आउनेमै हुने तर त्यहाँ उनलाई रोक्न खोजियो भने काठमाडौं ५ बाट पनि लड्न सक्ने स्म्भावना रहेको उनी निकट ती नेताले बताएका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीच झापामा लामो समयदेखि राजनीति सम्बन्ध सुमधुर छैन। एकले अर्को टिमलाई रोक्न खोज्ने स्रोतको दाबी छ। शर्मानिकट स्रोतका अनुसार सिटौला पक्षले शर्मालाई खुलेर सहयोग गर्ने अवस्था नदेखिएपछि शर्मा झापा १ बाट यसपालि चुनाव लड्न हच्किएका छन्।

गत स्थानीय चुनावमा पनि झापामा सिटौला र शर्मा समूहबीच सम्बन्ध राम्रो भएन। शर्माकै गृह नगर मेचीनगरको मेयरमा कांग्रेस उम्मेदवार पराजित भए।

यहाँ टिकट वितरण नै विवादित बनेको थियो। शर्मानिकट इन्द्रबहादुर बुढाथोकी मेयर उठे पनि एमालेसँग पराजित भएका थिए। यहाँ प्रदेश नम्बर १ कांग्रेसले मेयरका लागि केशवराज पाण्डेलाई टिकट दिएको थियो। पाण्डे सिटौलानिकट हुन्। प्रदेश १ कांग्रेस सभापति पनि सिटौलानिकट उद्धव थापा छन्।

स्थानीय चुनावमा शर्मा र सिटौला पक्षबीच शक्ति संघर्ष देखिएको थियो। सुरूमा सिटौलानिकट केशवराजले मेयर टिकट पाए। उक्त टिकट महामन्त्री शर्माले खोसेर उनीनिकट इन्द्रबहादुरलाई दिलाएको आरोप छ।

यसपालि सत्ता गठबन्धनका ५ दलभित्र चुनावी तालमेल गरेर जाने सहमति भइसकेको छ। उक्त सहमतिअनुसार सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरिएको छ। जसको संयोजकमा सिटौला छन्।

शर्मानिकट ती नेताका अनुसार सिटौला सिट बाँडफाँट कार्यदलमा रहेकोले शर्मालाई प्रत्यक्षतर्फ टिकट नदिन उनले लबिङ गर्न सक्छन् वा त्यो क्षेत्र माओवादीलाई छाडिदिन सहमत हुन सक्छन्।

कांग्रेस संसदीय बोर्डले टिकट बाँड्छ र उक्त बोर्डमा महामन्त्री शर्मा पनि हुन्छन्। शर्मालाई पार्टीभित्रबाट नै हराउन खोज्ने स्थिति देखा परे उनले यसपालि क्षेत्र परिवर्तन गर्दै काठमाडौं ५ बाट उठ्न सक्छन्।

काठमाडौं ५ मा स्थानीय चुनावको मत हेर्दा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा कांग्रेस दोस्रो पार्टी हो। यहाँ एमाले पहिलो पार्टी हो उसका वडाध्यक्ष उम्मेदवारले १९ हजार सात सय ३ मत पाएका छन्। कांग्रेसका वडाध्यक्ष उम्मेदवारले १४ हजार आठ सय ५३ मत ल्याएका छन्।

यहाँ राप्रपाले दुई हजार ८ सय २२ मत ल्याएको छ भने नेकपा एकीकृत समाजवादी ले एक हजार ८ सय २७ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रले एक हजार एक सय ६८ मत ल्याएको छ। अरू दलका वडाध्यक्ष उम्मेदवारले एक हजार तीन सय १५ मत ल्याएका छन्।

यहाँ पाँच दलीय गठबन्धनको मत जोड्दा एमालेसँग करिब २ हजार मत नपुग्ने देखिन्छ। कांग्रेस महामन्त्री शर्माले यो मत लोकप्रियताका आधारमा आफूतर्फ तान्न सक्ने विश्वास गरेका छन्।

२०७४ को चुनावमा झापा १ मा माओवादीका राम कार्कीसँग शर्मा दुई हजार ८ सय ६३ मतान्तरले पराजित भएका थिए। त्यसबेला कार्की वाम गठबन्धनका साझा उम्मेदवार थिए।

यसपालि भएको स्थानीय चुनावमा झापा १ मा कांग्रेस एमालेभन्दा निकै पछि छ। यहाँ एमालेले ३१ हजार दुई सय ३२ मत ल्याएको छ। कांग्रेसले भने २४ हजार ५९ मत ल्याएको छ। माओवादीले तीन हजार ९ सय ९५, नेकपा एकीकृत समाजवादीले एक हजार दुई सय ५२, जसपाले ६९, राप्रपाले ६ हजार ९ सय २२ र स्वतन्त्रले दुई हजार २ सय ५६ मत ल्याएका छन्।

गठबन्धनका अन्य पार्टीको मत जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत पुर्‍याउँछ तर एमाले एक्लैको मत ३१ हजार बढी छ। एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्‍याउने देखिन्छ। स्थानीय चुनावको मत हेर्दा शर्मालाई झापा १ भन्दा काठमाडौं ५ मा चुनाव जित्न सहज देखिन्छ।

सिफारिस

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले जित्न सफल भएकी छिन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा १६...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

सिजन मिडियाद्धारा २३ व्यक्ति र संस्थालाई नेसनल सोसल वेयलफेयर अवार्ड (तस्वीरहरू)

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३...

धेरै पढिएको