गगन थापाको क्षेत्रमा नेकपा एकीकृत समाजवादी गर्यो ५ जनाको नाम सिफारिस

नेकपा एकीकृत समाजवादी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ समन्वय कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि पाँच जनाको नाम सिफारिस गरेको छ।

कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कार्यवाहक सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा बौद्धिक व्यक्तित्व ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो।

जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ।

सत्तारूढ दलबीच निर्वाचनमा गठबन्धन गर्ने सहमति भए पनि पार्टीको आन्तरिक तयारी स्वरूप प्रजातान्त्रिक ढङ्गले ती नाम सिफारिस गरिएको निर्वाचन क्षेत्रीय कमिटीका संयोजकसमेत रहेका न्यौपानेले जानकारी दिए।

बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो। पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन्। यो कांग्रेस महामन्त्री गगन थापाको क्षेत्र पनि हो।

यसैबीच बूढानीलकण्ठ–१०, कपनस्थित कपन बहुमुखी क्याम्पसको साधारणसभा यही भदौ १८ गते बस्ने भएको छ। सभाले क्याम्पस सञ्चालनका लागि अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति निर्वाचन गर्ने छ। रासस

सिफारिस

सकियो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिताको ट्रायल

काठमाडौं — डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रीट...

आज विश्वकर्माको पूजा, के छ धार्मिक मान्यता ?

काठमाडौं - आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन...

बिपी राजमार्ग आजदेखि २४सै घण्टा खुल्ला

काठमाडौं - यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । जिल्ला...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज विश्वकर्माको पूजा, के छ धार्मिक मान्यता ?

काठमाडौं - आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस...

बिपी राजमार्ग आजदेखि २४सै घण्टा खुल्ला

काठमाडौं - यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण...

आज देशभर सार्वजनिक बिदा

काठमाडौं - सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको...

यस वर्षको बडादशैंको टीकाको साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज...

ईन्सपेक्टरदेखि आईजीपीसम्मको तलब कट्टा गरी ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं - जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई...

यस्ता छन् कार्की नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकको निर्णयहरू

काठमाडौं - सरकारले आगामी असोज १ गते शोक विदा...

धेरै पढिएको