को हुन् बालेनले नियुक्त गरेका ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठ ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उनलाई आज नियुक्त गरिएको हो ।

श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।

यसै गरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएका छन् ।

यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन् । उनले तालिम लिएका अन्य विषयमा दुर्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्व इतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् ।

सन् २००१ मा संयुक्त राष्ट्र संघीय मिसन कोसोभोमा उनले भाग लिइसकेका छन् । उत्कृष्ट कार्य सम्पादनवापत उनले गोरखा नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्र संघ पदक पाएका छन्  । यस्तै विदेश सेवा पदकबाट सम्मानित भइसकेका छन्  ।

उनले मोन्जाम्बिक, तान्जानिया, बुल्गेरिया, स्वीडेन, डेनमार्क, ब्राजिल, हङ्गेरी, क्यानाडालगायत दर्जन बढी देशहरुको भ्रमण गरेका छन्  ।

उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा काम गरिसकेका छन्  ।  श्रेष्ठसँग नेपाल प्रहरीमा ३० वर्ष सेवा गर्दा ट्राफिक प्रहरीमा मात्र २० वर्ष काम गरेको अनुभव छ ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ। जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको