२२ जनाले नेपालीले त्यागे नागरिकता

सोलुखुम्बु – १२ वर्षमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्यागेका हुन्।

२०६६ मा चार, २०६८ मा दुई, २०७१ मा एक, २०७२ मा तीन, २०७४ मा तीन, २०७५ मा दुई, २०७६ मा चार, २०७८ मा एक र २०७९ को हालसम्ममा दुईजनाले नेपाली नागरिकता त्यागेका कार्यालयले जनाएको छ।

रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएकाहरूले नेपालको नागरिकता परित्याग गरेका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए।

नागरिकता परित्याग गर्ने अधिकाशं अमेरिकामा छन् भने केही मात्रामा अन्य युरोपियन मुलुकमा छन्।

प्रजिअ खनालले भने, ‘यहाँका धेरै नागरिकहरू अमेरिका, स्विजरल्याड जस्ता मुलुकमा रहेका छन्। उनीहरूले उतै बसोबासका लागि प्रक्रिया अगाडि बढाउँछन्, उताको अप्लाई सफल हुने वितिकै नेपाली नागरिकता परित्यागको प्रकृया सुरु गर्छन्। यसरी परित्याग गर्ने धेरैजसो शेर्पाहरू छन्। एउटै व्यक्तिले दुई देशको नागरिकता लिन नपाइने भएकाले उनीहरूले नेपालको नागरिकता त्याग गरेका हुन्।’

जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको गर्ने गरेका हुन्।

यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ।

सोही अवधीमा दुई पुरुषको नागरिकता रद्द गरिएको छ। नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको