निर्वाचन आयोगले जरिवाना तोकेपछि मेयर बालेनको सचिवालयले दियो यस्तो प्रतिक्रिया

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले समयमै निर्वाचन खर्च‌ नबुझाएकोमा जरिवाना तिर्नुपर्ने भएको छ। मेयर बालेनले ढिलागरि निर्वाचन आयोगलाई चुनावको खर्च विवरण बुझाएका थिए।

निर्वाचन सकिएको ३० दिनभित्र बुझाउने खर्च विवरण ढिलागरि बुझाएकोमा गत महिना निर्वाचन आयोगले ७ दिनको समय राखेर स्पष्टीकरण मागेको थियो।

आयोगले स्पष्टीकरण मागेपछि मेयर शाहले स्पष्टीकरण दिएको भएपनि आयोगले जरिवाना तिर्नुपर्ने भनेको उनको सचिवालयले जनाएको छ।

‘विभिन्न कामको व्यस्तयाले ढिला खर्च विवरण बुझाएको भन्ने व्यहोराको स्पष्टीकरण बुझाएका थियौं। तर, आयोगले त्यसलाई अस्वीकार गरेकोले अब आयोगले भने बमोजिम जरिवाना तिर्छौं’, मेयर शाहको सचिवालयका एक सदस्यले भने।

निर्वाचन आयोगले शुक्रबार एक विज्ञिप्ति जारी गर्दै करिब सवा लाख उम्मेरवारले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे छ। उनीहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही अगाडि बढाएको आयोगले जनाएको छ।

त्यस्तै, निर्वाचन आयोगले जरिवाना तोकेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगसँग गुनासो गरेका छन्। साम्पाङले निर्वाचन आयोगले जरिवाना तोकेकोमा ‘मूरी मूरी धन्यवाद’ भन्दै कटाक्ष गरेका छन्।

बेलामा सूचना नदिएको र जरिवाना चाँही ५ लाख ५० हजार तोकेको भन्दै उनले व्यंग्य गर्दै आयोगलाई धन्यवाद दिएका हुन्।

‘बेलामा सूचना नदिने निर्वाचन आयोगले जरिवाना चाहिँ मज्जैले तोकेछ १ ५ लाख ५० हजार जरिवाना रे,’ मेयर साम्पाङले भनेका छन्।, ‘धन्यवाद!मूरी मूरी धन्यवाद’

निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण पेश नगर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय निर्वाचनको खर्च नबुझाउने एक लाख बढी उम्मेदवारलाई आयोगले कारबाही गर्ने बताएको थियो।

तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७४३ जना र कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण बुझाउने एक हजार १५१ जना गरी जम्मा १६ हजार ८९४ जना उम्मेदवारले आफ्नो सफाई सहितको स्पष्टीकरण पेस गरेको आयोगले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको