जसपा नेत्री एवं निवर्तमान सांसद अमृता अग्रहरि एमाले प्रवेश, ओलीले गरे स्वागत

जसपा केन्द्रीय सदस्य एवं निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमाले प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर अग्रहरि पार्टी प्रवेश गरेकी हुन् ।

जसपामा पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आएकी अग्रहरिले चुनावको मुखमा एमाले रोजेकी हुन् ।

‘जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी समितिका सदस्य, निवर्तमान प्रतिनिधिसभा सदस्य तथा चर्चित महिला नेत्री अमृता अग्रहरिलाई नेकपा (एमाले) मा हार्दिक स्वागत छ,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले ट्विटरमा लेखेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तीकी अग्रहरि निवर्तमान सांसद समेत हुन् ।

केही दिनअघि जसपाकी अर्की नेतृ रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन्। एमाले अध्यक्ष ओलीले जनकपुरमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका थिए। नेतृ रुही नाज पनि निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको