एमालेले पारित गर्‍यो समानुपातिक सांसदको नामावली, कुन प्रदेशबाट कति? (सूचीसहित)

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ ।

आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची पारित गरेको हो ।

संवैधानिक प्रावधानबमोजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाको नाम छनोट भएको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रतिनिधि सभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएको गुरुङले जानकारी दिए ।सचिवालयबाट पारित भएको सूची सोमवार निर्वाचन आयोगमा बुझाउने गुरूङले बताए ।

समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने सोमवार अन्तिम दिन हो । प्रचार विभागका सचिव गगन विष्टले आइतवार प्रकाशन गरेको विज्ञप्तिअनुसार, प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२, खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (८ महिला र ७ पुरुष), मधेशीतर्फ १७, (९ महिला, ८ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिस) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको उल्लेख छ ।

त्यसैगरी, प्रदेश नम्बर १ का लागि २० महिला र १७ जना पुरुषसहित ३७ को नाम समावेश गरिएको छ । त्यसैगरी, मधेस प्रदेशमा २३ महिला र २० पुरुष गरी ४३ को सूची तयार भएको छ । बागमती प्रदेशमा २० पुरुष र २४ महिलासहित ४४ जनाको सूची बनेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीको समानुपातिक सूचीमा ११ जना पुरुष र १३ जना महिला गरी २४ उम्मेदवारको सूची तयार भएको छ । गण्डकी प्रदशेमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा १५ जना पुरुष र २० जना महिला गरी ३५ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ । त्यहाँ, आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेको विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली प्रदेशमा १० पुरुष र ११ महिला गरी २१ जना समानुपातिक उम्मेदवारको सूची बनेको छ । आदिवासी जनजातिमा महिला र पुरुष गरेर २ जना, खसआर्यमा ५ पुरुष र ५ महिला गरेर १० जना, दलितमा २ पुरुष र २ महिला गरेर ४ जनाको नाम बन्द सूचीमा समावेश भएको छ ।

सुदूरपश्चिम प्रदेशका लागि १० पुरुष र ११ महिला गरेर २१ जनाको नाम बन्द सूचीमा समेटिएको छ । जसमा आदिवासी जनजाति १, खस आर्यमा ६ पुरुष र ६ महिला गरी १२, थारुमा २ महिला र २ पुरुष गरी ४, दलितमा २ महिला र २ पुरुष गरी ४ जनाको नाम बन्द सूचीमा समावेश भएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

सिफारिस

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

धेरै पढिएको