सभापति देउवाले ‘एकलौटी’ गरेको आरोप लगाउँदै शेखर पक्षले थाल्यो यस्तो तयारी

नेपाली कांग्रेसका संस्थापनइतर नेताहरूले शनिबार भेला बोलाएका छन्। सभापति शेरबहादुर देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा ‘एकलौटी’ गरेको आरोप लगाउँदै त्यसको विरोधमा शेखर कोइरालानिकट नेताहरू भेलामा जुट्न लागेका हुन्।

नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले शनिबार दिउँसो १ बजे काठमाडौंमा भेला बोलाइएको जानकारी दिए।

कोइरालानिकट पूर्वजिल्ला सभापति, केही जिल्ला सभापति, केन्द्रीय सदस्य र केन्द्रीय सदस्य उम्मेदवारहरूले शुक्रबार स्वयम्भूमा बैठक गरेका थिए।

उक्त बैठकले शनिबार भेला गर्ने र सभापति देउवापक्षको एकलौटीपनको विरोध गर्ने निर्णय गरेको थियो।

‘समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्दा एकपक्षीय ढंगबाट गरिएका छन्। ती नाम संशोधन गर्नुपर्छ,’ उनले भने, ‘पार्टीभित्र सभापति पक्षले अर्को पक्षलाई समाप्त गर्ने गतिविधि गर्न हुन्न भनेर हामी खबरदारी गर्दैछौं।’

उक्त भेलामा शेखर कोइरालालगायत पदाधिकारीलाई बोलाइएको छैन। ‘टिकट वितरण न्यायोचित ढंगबाट हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘समान अवसर र न्यायका लागि हामी खबरदारी गर्दैछौं।’

भेला थापागाउँस्थित बानेश्वर बैक्वटमा हुनेछ। कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार चयन गर्नेबारे भने छलफल गरिसकेको छैन। सत्ता गठबन्धनसँग मिलेर कांग्रेस मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने निर्णय गरेको थियो।

कांग्रेसले प्रत्यक्षतर्फ कति सिटमा उम्मेदवारी दिने भन्ने पनि टुंगो लागेको छैन।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको