कांग्रेसको भाग खोस्छन् भने प्रचण्डविरुद्ध हामी किन चुनाव नलड्ने ?

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चुनावी गठबन्धनका नाममा नेकपा माओवादी केन्द्रले आफूहरुको भाग खोसेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकाहरुसँगको कुराकानीका क्रममा घिमिरेले माओवादी अध्यक्ष प्रचण्डलाई आफूहरुको भाग खोस्न खोजे उनैविरुद्ध चुनाव लड्ने चेतावनी दिएका हुन्।

उनले आफू मोरङ क्षेत्र नम्बर ४ बाट उठ्न तयार भएको अवस्थामा गठबन्धनको भागवण्डका नाममा त्यहाँ माओवादीलाई दिने कांग्रेस नेतृत्वको निर्णयमा कडा आपत्ति जनाउँदै अब प्रचण्डविरुद्ध चितवनमा चुनाव लड्न जाने चेतावनी दिए।

‘मोरङ क्षेत्र नम्बर ४ मा पहिलेदेखि नै कांग्रेसको वर्चस्व छ। यो पटक त्यस क्षेत्रबाट मैले उठ्ने आकांक्षा राखेको छु। जुन कुरा मैले पार्टी नेतृत्वलाई पनि भनेको छु’, उनले भने, ‘तर, मोरङ ४ बाँडफाँटका नाममा माओवादी दिने सहमति भएको सुनेँ। यदि माओवादीले कांग्रेसको भाग खोस्ने हो भने प्रचण्डविरुद्ध लड्न चितवन किन नजाने? उहाँले गठबन्धनका नाममा हाम्रो भाग खोसिरहने हो भने हामी पनि उहाँसँग भिड्न चितवन जान तयार छौँ।’

पार्टीभित्रको एकतालाई बचाइराख्ने हो भने २०६४ सालमा सभापति शेरबहादुर देउवाले एकता हुँदा अपनाएको फर्मुला नभुल्न पनि आग्रह गरे। ‘गठबन्धनको मुख्य घटक हो माओवादी र हामीबीच सिट बाँडफाँट गर्दा कांग्रेसभित्रका साथीहरुलाई अन्याय भएको छ’, उनले भने, ‘तपाईंहरुले चितवनलाई रोज्नुको कारण के हो भनेर सोधिरहनु भएको छ। खासमा सिट बाँडफाँटको आधारमा हाम्रा साथीहरुलाई अन्याय भएको छ। अन्यायविरुद्ध न्यायका लागि माओवादी अध्यक्षविरुद्ध नै हामीले किन नलड्ने?’

घिमिरेले अहिले आफूहरु विनम्र भएर आन्दोलित भएको पनि बताए। तर नेतृत्व नसच्चिए विद्रोह धेरै टाढा नरहेको पनि उनले चेतावनी दिए। समानुपातिकतर्फको बन्दसूचीमा व्यापक अन्याय भएको बताउँदै घिमिरेले यदि नेतृत्वले त्यसलाई नसुधारे देशभर विद्रोह हुने चेतावनी पनि दिएका छन्।

‘हामी अहिले विनम्र भएर आग्रह गरिरहेका छौँ। तर यो चरण अब विद्रोहसम्म पनि पुग्छ’, उनले भने, ‘अब हामी असोज १६ सम्म पर्खिन्छौँ। बन्दसूची सच्याएर सबैलाई सम्मानजनक स्थान नदिए निर्वाचनसम्म देशभर विद्रोह हुने निश्चित छ।’

घिमिरेले विगतका चारवटा निर्वाचनमा आफूलाई पार्टी नेतृत्वले उम्मेदवार नै बनाउन नचाहेको पनि गुनासो गरेका छन्। नेता घिमिरेले पार्टी नेतृत्वले २०६४ यताका कुनै पनि निर्वाचनमा आफूहरूलाई उम्मेदवार बनाउन नचाहेको आरोप लगाए ।

‘यो लोकतान्त्रिक प्रणाली ल्याएर यसलाई सञ्चालन गर्ने हामी नै हौँ। तर यो प्रणालीमा वञ्चित गरेर चार चारवटा निर्वाचन लड्न दिइएन’, उनले भने, ‘हामीले न्याय मागेका छौँ। हामी न्यायका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ। अन्यायपूर्ण सहमति भएको छ भने हामी यसलाई मान्दैनौँ। मूल्य चुकाउन तयार भएर नै हामी हिँडेको हो।’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको