रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन् । पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिंदै छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर उनी तेस्रो वरियतामा रहने बताइन्छ ।

मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने बताएका छन् ।

कमल थापालाई पराजित गरी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि मिश्र उनीसँग लगातार संवादमा थिए । गत स्थानीय तहको निर्वाचनमा आफू नेतृत्वको पार्टीले शर्मनाक पराजय व्यहोरेपछि मिश्रले अध्यक्ष पदबाट राजीनामा दिई साधारण सदस्य मात्र रहेका थिए । । सोमबार साधारण सदस्यसमेतबाट राजीनामा दिएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन्।

राप्रपामा उनलाई सहअध्यक्ष पद दिने सहमति भइसकेको नेताहरूले बताएका छन् । मिश्र केही अघि नै राप्रपामा प्रवेश गर्न लागेको भए पनि उनले मागेअनुसारको पद टुंगिन नसक्दा ढिलो भएको हो ।

उनले अध्यक्ष लिङ्देनपछिको पद मागेका थिए । तर, राप्रपाका केही उपाध्यक्षले विरोध गरेपछि उनको पार्टी प्रवेश लम्बिएको हो । अन्ततः सहअध्यक्ष दिएर मिश्रलाई भित्र्याउन राप्रपाका सबै सहमत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here