रवीन्द्र मिश्रसहित को- को प्रवेश गरे राप्रपा ?

काठमाडौं – विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत धु्रवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए । मिश्रसहित विवेकशील-साझाका नेता शरद पाठक पनि सहमहामन्त्रीको भूमिका लिने गरी राप्रपा प्रवेश गरेका छन्।

स्रोतका अनुसार विवेकशील साझा पार्टीका बागमतीका प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन्।

त्यसैगरी बागमती प्रदेशकी सांसद एवम् कार्य सम्पादन समिति सदस्य शोभा शाक्य, गण्डकीकी संयोजक एवम् कास सदस्य सुशीला केसी अधिकारी, लुम्बिनीका संयोजक एवम् कार्य सम्पादन समिति सदस्य अनुपमान सैंजु, कर्णालीका संयोजक एवम् कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ता राप्रपामा प्रवेश  गरेको स्रोतले जनाएको छ।

यसैबीच विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै कुनै व्यक्ति कुनै दलमा प्रवेश गर्नुलाई ठूलो रूपमा नलिन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेकी छन्।

सिफारिस

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार शिरोमणि दवाडीलाई प्रदान गर्ने निर्णय गरेको छ। ललितपुरको लाकुरी भञ्ज्याङमा सम्पन्न मञ्चको...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन् । आइतबार कोरिया जान नपाएको...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी माघ २४ गते शनिबार काठमाडौंमा आयोजना हुने भएको छ। महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण (तस्वीरहरू)

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त...

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

धेरै पढिएको