रवीन्द्र मिश्रसहित को- को प्रवेश गरे राप्रपा ?

काठमाडौं – विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत धु्रवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।

एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए । मिश्रसहित विवेकशील-साझाका नेता शरद पाठक पनि सहमहामन्त्रीको भूमिका लिने गरी राप्रपा प्रवेश गरेका छन्।

स्रोतका अनुसार विवेकशील साझा पार्टीका बागमतीका प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन्।

त्यसैगरी बागमती प्रदेशकी सांसद एवम् कार्य सम्पादन समिति सदस्य शोभा शाक्य, गण्डकीकी संयोजक एवम् कास सदस्य सुशीला केसी अधिकारी, लुम्बिनीका संयोजक एवम् कार्य सम्पादन समिति सदस्य अनुपमान सैंजु, कर्णालीका संयोजक एवम् कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ता राप्रपामा प्रवेश  गरेको स्रोतले जनाएको छ।

यसैबीच विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै कुनै व्यक्ति कुनै दलमा प्रवेश गर्नुलाई ठूलो रूपमा नलिन पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेकी छन्।

सिफारिस

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

धेरै पढिएको