राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्रले भने : संघीयता देशले धान्न सक्दैन, खारेज गरौँ

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत धु्रवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।

राप्रपा प्रवेश गर्नेक्रममा सम्बोधन गर्दै कांग्रेसको आलोचनामा उत्रिए । उनले भने, ‘कांग्रेसका मित्रहरूलाई भन्छु, अहिले डेंगीले अस्पतालका बेडहरू भरिएका छन् । मानिसहरू मरिरहेका छन् । तपाईंहरूका नेतालाई सोध्नुहोस् तपाईंहरू बिरामीसँग हुनुहुन्छ कि तपाईंका कार्यकर्ताको घाँटी रेट्नेहरूसँग हुनुहुन्छ ?’

मिश्र कांग्रेसको आलोचना गर्नेक्रममा यतिमा रोकिएनन् । माओवादीसँग गठबन्धन गरेको तर्फ इंगित गर्दै उनले भने, ‘घरमा चार तारे झण्डा राखेवापत मार्नेहरूसँग तपाईंहरूसँगै हिँड्दा प्रतिगमन नहुने, मैले राजतन्त्र पुनःथापना गर्नुपर्छ भन्दा प्रतिगमनकारी भएँ ?’

यस्तै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत भएको दावी गरेका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका पूर्व संस्थापक अध्यक्ष समेत रहेका मिश्रले यो देशमा बढेको विकृतिको जडलाई तोड्न राप्रपाले बोकेको एजेण्डा सहि भएको बताए । उनले ठुला भनिएका राजनीतिक पार्टीहरुले दशकौंदेखि देशमा भ्रष्टाचार, वेथिती र समाजमा अत्याधिक राजनीति भित्र्याएर जडता लादिएको बताए ।

‘यो देशमा धेरै लामो समय विकृतिबाट गाँजियो । नियतिले तपाई र मेरो पुस्तालाई मात्र रजाई गर्न दिएको होइन यो देश’, मिश्रले आफ्नो मार्ग परिवर्तन र राप्रपासँगको मिलनबारे भने, ‘राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत छ ।’ उनले भने।

उनले ठुला पार्टीले देशका लागि राजनीति नभएकै कारण स्रोत साधन भएको देश बिग्रिएको बताए । उनले भूराजनीतिको फाइदा उठाउँदै धर्म परिवर्तनजस्ता विषयहरु गम्भीर बन्दै गएको बताए । उनले संघीयता धान्न नसक्ने भन्दै राजसंस्था नै देशका लागि उपयुक्त हुने बताए ।

‘हाम्रो जस्तो राजनीति भएको देशमा संघीयता चाहिँदैन, आर्थिक हिसाबले पनि थेग्न सकिँदैन’, मिश्रले नेपाली कांग्रेसका नेताहरुलाई प्रश्न गर्दै भने, ‘२०४६ पछि ममा विचलन आयो कि तपाईको पार्टीका नेतामा विचलन आयो ?’ उनले वीपीको मेलमिलापको नीति अहिले राप्रपाले बोकेको तथा गणेशमान र कृष्णप्रसाद भट्टराईलाई रुवाएर पार्टी छोड्न लाउने कांग्रेसहरु कसरी अग्रगामी हुन सक्छन् भन्दै प्रश्न गरे । उनले राप्रपालाई १ नम्बरको पार्टी बनाएर छोड्ने भन्दै कमजोरी सच्याउँदै सबैको साथ र सहयोगको अपेक्षा गरे ।

मिश्रले विवेकशील साझाबाट राप्रपामा आफु एक्लै नआएको भन्दै सातै प्रदेशका तह र तप्काका साथीहरु समावेश भएको बताए । त्यसक्रममा उनले राप्रपालाई २१ शताब्दी मैत्री बनाउने प्रयास गर्नुपर्ने भन्दै आउँदो चुनावमा राप्रपा शसक्त रुपमा संसद प्रवेश गर्ने योजना रहेको बताए । उनले देशमा संवैधानिक राजसंस्था आवश्यक भएको भन्दै संघीयता खारेजी र धर्मनिरपेक्ष खारेज गर्ने अभियानमा लाग्ने बताए ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको