काठमाडौं – कमेडी च्याम्पियन हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्त अभिनित फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ ।

उनका अनुसार राजनीतिमा पनि युवा लाग्नुपर्छ भन्ने उदेश्यले राजनीतिमा लागेका हुन्। ‘मेरो राजनीतिप्रति पहिलेदेखि नै झुकाव थियो,’ उनले भने, ‘त्यसैले पनि अहिले आएर म चुनावमा उठ्ने निधो गरेको हुँ।’

भएका सबै राजनीति पार्टिको पुरातनवादी सोच भएका कारण आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार दिने भएको उनी बताउँछन्।

रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here