राप्रपा प्रवेश गर्दै कांग्रेसमाथि किन खनिए रवीन्द्र मिश्र ?

काठमाडौंमा एक कार्यक्रमका बीच रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेका छन् । राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेगरी उनी बुधबार उनी राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्नेक्रममा सम्बोधन गर्दै कांग्रेसको आलोचनामा उत्रिए ।

उनले भने, ‘कांग्रेसका मित्रहरूलाई भन्छु, अहिले डेंगीले अस्पतालका बेडहरू भरिएका छन् । मानिसहरू मरिरहेका छन् । तपाईंहरूका नेतालाई सोध्नुहोस् तपाईंहरू बिरामीसँग हुनुहुन्छ कि तपाईंका कार्यकर्ताको घाँटी रेट्नेहरूसँग हुनुहुन्छ ?’

मिश्र कांग्रेसको आलोचना गर्नेक्रममा यतिमा रोकिएनन् । माओवादीसँग गठबन्धन गरेको तर्फ इंगित गर्दै उनले भने, ‘घरमा चार तारे झण्डा राखेवापत मार्नेहरूसँग तपाईंहरूसँगै हिँड्दा प्रतिगमन नहुने, मैले राजतन्त्र पुनःथापना गर्नुपर्छ भन्दा प्रतिगमनकारी भएँ ?’

राप्रपाका विषयमा बोल्दै उनले राप्रपालाई २१ औं शताब्दिमैत्री पार्टी बनाउनुपर्ने बताए । उनले सूचना प्रविधिमैत्री र अहिलेको समयअनुसार पार्टीलाई चुस्त बनाउनुपर्ने बनाउनुपर्ने बताए ।

उनले संवैधानिक राजस्ंस्था स्थापना, धर्मनिरपेक्ष खारेज र संघीयता खारेजमा लामो समय खर्चिए । उनले आफू नरम दक्षिणपन्थ भएको दाबी गर्दै आफू पश्चगामी नभएको तर्क गरे । उनले दक्षिणपन्थ उग्र भए मात्र पश्चगामी हुने बताए ।

त्यस्तै उनले राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत भएको दावी गरेका छन् । मिश्रले यो देशमा बढेको विकृतिको जडलाई तोड्न राप्रपाले बोकेको एजेण्डा सहि भएको बताए । उनले ठुला भनिएका राजनीतिक पार्टीहरुले दशकौंदेखि देशमा भ्रष्टाचार, वेथिती र समाजमा अत्याधिक राजनीति भित्र्याएर जडता लादिएको बताए ।

‘यो देशमा धेरै लामो समय विकृतिबाट गाँजियो । नियतिले तपाई र मेरो पुस्तालाई मात्र रजाई गर्न दिएको होइन यो देश’, मिश्रले आफ्नो मार्ग परिवर्तन र राप्रपासँगको मिलनबारे भने, ‘राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत छ ।’ उनले ठुला पार्टीले देशका लागि राजनीति नभएकै कारण स्रोत साधन भएको देश बिग्रिएको बताए । उनले भूराजनीतिको फाइदा उठाउँदै धर्म परिवर्तनजस्ता विषयहरु गम्भीर बन्दै गएको बताए । उनले संघीयता धान्न नसक्ने भन्दै राजसंस्था नै देशका लागि उपयुक्त हुने बताए ।

‘हाम्रो जस्तो राजनीति भएको देशमा संघीयता चाहिँदैन, आर्थिक हिसाबले पनि थेग्न सकिँदैन’, मिश्रले नेपाली कांग्रेसका नेताहरुलाई प्रश्न गर्दै भने, ‘२०४६ पछि ममा विचलन आयो कि तपाईको पार्टीका नेतामा विचलन आयो ?’ उनले वीपीको मेलमिलापको नीति अहिले राप्रपाले बोकेको तथा गणेशमान र कृष्णप्रसाद भट्टराईलाई रुवाएर पार्टी छोड्न लाउने कांग्रेसहरु कसरी अग्रगामी हुन सक्छन् भन्दै प्रश्न गरे । उनले राप्रपालाई १ नम्बरको पार्टी बनाएर छोड्ने भन्दै कमजोरी सच्याउँदै सबैको साथ र सहयोगको अपेक्षा गरे ।

मिश्रले विवेकशील साझाबाट राप्रपामा आफु एक्लै नआएको भन्दै सातै प्रदेशका तह र तप्काका साथीहरु समावेश भएको बताए । त्यसक्रममा उनले राप्रपालाई २१ शताब्दी मैत्री बनाउने प्रयास गर्नुपर्ने भन्दै आउँदो चुनावमा राप्रपा शसक्त रुपमा संसद प्रवेश गर्ने योजना रहेको बताए । उनले देशमा संवैधानिक राजसंस्था आवश्यक भएको भन्दै संघीयता खारेजी र धर्मनिरपेक्ष खारेज गर्ने अभियानमा लाग्ने बताए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको