अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छिन् । तीन दिने नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाईटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आएकी हुन् ।

चीन र रुसले काठमाडौंमा अमेरिकासम्बन्धी मिथ्या सूचना सम्प्रेशण गरेको भन्दै त्यसलाई काउन्टर गर्न उनी नेपाल भ्रमणमा आएको बताइएकाे छ ।

नेपालमा रहँदा उनले काठमाडौंमा रहेका अमेरिकानिकट विभिन्न व्यक्ति तथा संस्थागत भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, केही आईएनजीओसँग सम्बन्धित व्यक्तिहरूसँग पनि मिथ्या सूचनाको काउन्टरमा उनले छलफल गर्ने तयारी रहेको छ ।

चीन जन कंग्रेसका स्थायी कमिटी अध्यक्ष अर्थात सभामुख लु चान्सु काठमाडौंबाट फर्केको १५ दिन नपुग्दै अमेरिकी विदेश सहायकमन्त्री ट्रुडो नेपाल भ्रमणमा आएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here